राजनीति
काठमाडौँ, रासस । प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको निर्वाचन आगामी भदौ ५ गते हुने भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले उक्त जानकारी दिए । समितिहरुको बैठकको अध्यक्षता सम्बन्धित समितिका ज्येष्ठ सदस्यहरुले गर्दै आएका छन् । उक्त निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयले आजै निर्वाचन कार्यक्रम प्रकाशन गर्नेछ ।
प्रकाशित मिति: सोमबार, साउन २८, २०७५ १७:४६
प्रतिक्रिया दिनुहोस्