site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काटठमाडौं । नेपाल चिकित्सक संघले भदौ १ बाट लागु हुन लागेको मुलुकी अपराध (संहिता) ऐन २०७४ संशोधन गर्न माग गरेको छ । संघले सोमबार पत्रकार सम्मेलन गर्दै सो ऐन नेपालका चिकित्सक र स्वास्थ्यकर्मीलाई अपराधीको शैलीमा व्यवहार गर्नेतर्फ लक्षित भएको भन्दै संशोधन गर्न माग गरेको हो । 

यसको विरोधमा देशैभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले एप्रोन र लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाउने र बिरामी नजाँच्ने संघले जनाएको छ । संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले भदौ १ देखि कार्यान्वयनमा आउने मुलुकी अपराध संहितामा डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भए ५ वर्षसम्म कैद र लापरबाहीले मृत्यु भए ३ वर्ष कैदको व्यवस्था संशोधन गरिनुपर्ने बताए । “कुनै पनि चिकित्सक र स्वास्थ्यकर्मी भगवान होइनन् । अस्पतालमा उपचार गर्न आएका बिरामी सबैलाई चिकित्सकले आफ्नो क्षमता र दक्षता शतप्रतिशत प्रयोग गरेर सेवा दिएका हुन्छन् ।”
“उपचारकै क्रममा बिरामीको मृत्यु भएमा त्यसको भागिदार चिकित्सक तथा स्वास्थ्यकर्मी हुनुपर्ने प्रावधानले नेपालमा स्वास्थ्यकर्मीहरुका लागि कस्तो कानुन स्थापना गर्न खोजिएको हो ?” श्रेष्ठले प्रश्न गरे । 
संघका महासचिव लोचन कार्कीले भदौ १ देखि कार्यान्वयनमा आउने  मुलुकी अपराध संहिता संशोधन नगरे कुनै पनि चिकित्सक र स्वास्थ्यकर्मीले अहिले दिँदै आएको सेवा प्रवाह गर्न नसक्ने बताए । उनले भने, “नेपाल सरकारले यो संवेदनशील विषयमा अविलम्ब सम्बोधन गरी उक्त विवादित ऐनहरुलाई संशोधन गर्न संघ माग गर्दछ ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २८, २०७५  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement