site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
निगमको दोस्रो वाइडबडीको पहिलो उडान भदौ १८ गते
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल एयरलाइन्सको दोस्रो वाइडबडी विमानले भदौ १८ गतेबाट व्यावसायिक उडान शुरु गर्ने भएको छ । युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादित ए३३०–२०० सिरिजको कल साइन ९–एन–एएलजेड विमानले यही भदौ १८ गतेबाट उडान शुरु गर्न लागेको हो । 

वायुसेवा नियामक निकाय नागरिक उड्ययन प्राधिकरणले यसलाई ‘मकालु’ नामाकरण गरेको छ । साउन १० गते उक्त विमान काठमाडौं अवतरण गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

“दोस्रो वाइडबडी विमानले यही सेप्टेम्बर १ (भदौ १८) गतेबाट उडान शुरु गर्दैछ,” नेपाल वायु सेना निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार मकालुले पहिलो उडान कहाँ गर्छ त्यो भने निश्चित भैसकेको छैन । प्राधिकरणले उडान इजाजत दिएपछि मात्रै विमान उडाउन पाइने नियम छ । 

निगमको पहिलो वाइडवडी विमान ‘अन्नपूर्ण’ ले साउन १८ गतेबाट कतारको राजधानी दोहाबाट उडान उडान शुरु गरेको थियो । पहिलो उडानमै उक्त विमानका सबै सिट बिक्री भएका थिए । 

Global Ime bank

कूल २७४ सिट क्षमताको वाइड बडी विमानमा १८ वटा ‘विजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् । १० करोड ४८ लाख अमेरिकी डलरका उक्त विमान खरिदका लागि निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग १२–१२ अर्ब रुपैयाँ ऋण लिएको थियो । सोही ऋण अन्तरगत निगमले दुई वटा वाइड बडी विमान पनि खरिद गरेको थियो । दुबै विमान निगमले अमेरिकी कम्पनी एएआरसँग खरिद गरेको हो । 

तस्बिर : रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २८, २०७५  १८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय