site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सोसियल मिडिया अवार्ड हुँदै 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र, बृत्तचित्र, विज्ञापन चलचित्र तथा विभिन्न सामाजिक सञ्जालमा प्रस्तुत हुने भिडियोहरुलाई मध्यजनर राख्दै ‘सोसियल मिडिया फिल्म अवार्ड–२०७५’ आयोजना हुने भएको छ । ड्रिम वर्ड अफ् फिल्म मेकस् प्रा.लि.ले अवार्ड गर्न लागेको हो ।

मुलधारका सिनेमा, गीत संगीत र म्युजिक भिडियोको अवार्ड भइरहेको बेला फरक धारको अवार्डका लागि सोसियल मिडिया फिल्म अवार्ड २०७५ आयोजना गर्न लागेको ड्रिम वर्ड अफ् फिल्म मेकस् प्रा.लि.की अध्यक्ष सवनम मुखियाले विज्ञप्ती मार्फत जानकारी दिइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

मुखियाका अनुसार लघु चलचित्र, बृत्तचित्र, जनचेतना मुलक बिज्ञापन र सोसियल मिडियोमा आउने भिडियो विधामा यो अवार्ड हुने भएको हो । सर्ट फिल्म अन्तर्गत उत्कृष्ट छायाँकार, उत्कृष्ट सम्पादक, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट अभिनेता र उत्कृष्ट निर्देशकको अवार्ड प्रदान गरिने छ । 

यस्तै बृत्तचित्र अन्तर्गत उत्कृष्ट बृत्तचित्र, जनचेतना मुलुक बिज्ञापन अन्तर्गत उत्कृष्ट पिएसए एड बिधामा अवार्डका लागि प्रतिस्पर्धा हुने छ । 

Global Ime bank

यस्तै सोसियल मिडिया अन्तरगत बेस्ट सोसियल मिडिया (फेसबुक, इन्टाग्राम, ट्विटर) भिजुअल, बेस्ट युट्युव भिडियो, बेस्ट च्यालेन्जिङ न्युज लाइभ, बेस्ट इन्करेजमेन्ट म्युजिकली, बेस्ट ट्रोल र पब्लिक च्वाईस अवार्ड प्रदान गरिने भएको छ । शोशियल मिडियासँग सम्बन्धि एक विशिष्ट व्यक्ति र एकजना सिने सञ्चारकर्मीलाई सम्मानित गरिने पनि आयोजक संस्थाकी अध्यक्ष मुखियाले जानकारी दिइन् ।  

यो अवार्डमा सहभागी हुन चाहनेहरुका लागि फारम खुला गरिएको पनि सवनम मुखियाले जानकारी गराइन् । नेपालको पाहिलो महिला छायांकार मुखियाले फारम र सम्बन्धित विधामा भाग लिने बृत्तचित्र, लघु चलचित्र, जनचेतना मुलक बिज्ञापन, युट्युव भिडियो आदि जम्मा भएपछि यसको अडिसन निस्कासनसँगै सोसियल मिडियो फिल्म अवार्डको अवार्ड प्रदान गरिने जानकारी गराएकी छिन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २८, २०७५  १८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC