site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

लाओस । लाओसका सैनिक र सिङ्गापुरबाट आएका उद्धारकर्ताहरुले दक्षिण लाओसमा बाँध भत्किएर बेपत्ता भएका ९८ व्यक्तिको लगातार खोजी कार्य जारी राखेका छन् । उक्त घटनामा कम्तीमा ३६ व्यक्तिको मृत्यु भएको स्थानीय दैनिक पत्रिका भिएन्टिन टाइम्सले सोमबार पुष्टि गरेको छ । 

लाओस पिपुल्स आर्मीका उपनिर्देशक फालोम लिन्थोङले शनिबार एक तीन वर्षीया बालिकासहित ३६ व्यक्तिको शव हिन्लाथ गाउँमा भेटिएको बताएका छन् । घाइते भएका तीन व्यक्तिको भने उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उद्धारकर्ता र सैनिकको टोलीलाई उद्धार कार्यका लागि अन्य उपकरणको आवश्यकता भएको ब्रिगेडियर जनरल फालोमले सञ्चार माध्यमलाई जानकारी दिएका छन् ।  

करिब ५८५ सैनिक र सिंगापुरका १७ जना उद्धारकर्ताहरुले लगातार बेपत्ता व्यक्तिको खोजी कार्य जारी राखेका छन् । तर पानी सहितको बाक्लो लेदो माटोको कारण उद्धारकार्यमा कठिनाइ भएको बताइएको छ ।राससरएपी

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २८, २०७५  १९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC