site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
आईसीसी वरीयतामा सन्दीप लामिछाने २१७ औं र सोमपाल २२९ औं स्थानमा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको एक दिवसिय वरियतामा नेपालका तीन खेलाडी पर्न सफल भएका छन् । बलिङतर्फ नेपालका सन्दीप लामिछाने २१७ औं स्थानमा पर्न सफल भएका छन् ।

आईसीसीले सार्वजनिक गरेको वरियतामा ब्याट्सम्यानतर्फ नेपालका सोमपाल कामी र ज्ञानेन्द्र मल्ल रहेका छन् । आईसीसीको वरियतामा नेपालका सोमपाल कामी २२९ र ज्ञानेन्द्र मल्ल २३६ औं स्थानमा रहेका छन् । नेपालले एक दिवसिय अन्तर्राष्ट्रिय मान्यता पाएसँगै अगस्ट १६ र १८ तारिखका दिन नेदरल्यान्ड्ससँग पहिलो एक दिवसिय अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो । सिरिजको पहिलो खेलमा नेपाल ५५ रनले पराजित भएको थियो । त्यस्तै सिरिजको दोस्रो खेलमा नेपाल एक रनले विजयी हुँदै सिरीज एक—एकको बराबरीमा रोकिएको थियो ।

आईसीसीले सार्वजनिक गरेको वरियतामा ब्याट्सम्यानतर्फ भारतीय राष्ट्रिय क्रिकेट टिमका कप्तान विराट कोहली शीर्ष स्थानमा रहेका छन् । दोस्रो स्थानमा पाकिस्तानका खेलाडी बाबर अजाम रहेका छन् । त्यस्तै, वरियताको बलिङतर्फ शीर्ष स्थानमा भारतका जस्प्रित बुमरा रहेका छन् भने अलराउण्डरमा बंगलादेशका शाकिब अल हसान रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०७५  ०५:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC