site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पोखरा प्रिमियर लिगको तयारी तीव्र, टिममा २ विदेशी खेलाडी अनिवार्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको तयारी तीव्र पारिएको छ । आगामी कात्तिकमा हुने पीपीएलको लागि अहिले मैदानको पिच निर्माणदेखि अस्थायी प्याराफिट निर्माण गर्ने कार्य भई रहेको छ ।

आयोजक क्वीन्स इभेन्ट प्रालीले प्रतियोगितालाई भब्यताको साथ सम्पन्न गर्न कार्यलाई अगाडि बढाएको हो । अहिले भारतबाट क्वुरेटर सन्तोष सिंह ल्याएर ४ वटा पिच निर्माण कार्य तयारी भई रहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले यो प्रतियोगिताले नेपाली क्रिकेटको विकासमा टेवा पुग्ने बताउँदै पोखरालाई स्पोर्टस् सिटीको रुपमा विकास गर्न सकिने बताए । 

करिब २ करोड भन्दा वढी खर्च हुने प्रतियोगिता सम्पन्न गर्न पोखरा क्रिकेट रंगशालामा करिब ४५ सय दर्शक क्षमताको अस्थायी प्यारापिट निर्माण गर्दै गरेको क्वीन्स इभेन्ट प्रालीका प्रवन्ध निर्देशक छुम्बी लामाले बताए ।

Global Ime bank

६ वटा ‘फ्रेन्चाइज बेस’ टिम रहने पीपीएलमा काठमाडौं, पोखरा, विराटनगर, बुटवल, धनगढी, नेपालगञ्ज र चितवनले प्रतियोगितामा भाग लिने छन् । एउटा टिममा २ जना विदेशी खेलाडी रहनु पर्ने आयोजकले बताएको छ । प्रतियोगिताको लागि नेदरल्यान्ड्स, हङकङ र युएईका खेलाडीले खेल्ने इच्छा देखाएको प्रबन्ध निर्देशक लामाले जानकारी दिए ।

प्रबन्ध निर्देशक लामाले भने “घरेलु प्रतियोगितामा अहिलेसम्म पुरस्कार राशि २५ लाखको रहेको छ । यो भन्दा बढि पुरस्कार राशी बनाउने लक्ष्यमा हामी छौ ।”

टिममा दुई स्थानीय र दुई विदेशी खेलाडी हुने जानकारी गराएको हो । आगामी कात्तिक ९ गतेदेखि २० गतेसम्म हुने प्रतियोगिताका लागि पोखरा रंगशालास्थित क्रिकेट मैदान मर्मतसम्भारको काम भइरहेको छ ।  त्यस्तै, प्रदेश नम्बर ४ का मुख्य मन्त्री पृथ्वी सुब्बा गुरूङले आफु क्रिकेट प्रेमी भएको भन्दै प्रदेश सरकारले आवश्यक सहयोग गर्ने आश्वसन दिएका छन् । 

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटाले क्लोज क्याम्पको लागि टियु क्रिकेट मैदानको विकल्पको रुपमा पोखरा रंगशाला भएको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २८, २०७५  २१:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC