घटना क्रम
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले विमस्टेकमा आउने विदेशी पाहुनालाई उपत्यकाका एउटै होटेलमा नराख्न सरकारसँग आग्रह गरेका छन् । सोमबार संसद्को शुन्य समयमा बोल्दै नेता थापाले सरकारले पाहुनाहरुको लागि मात्र सडकको खाल्डाखुल्डी पुर्ने गरेको बताउँदै उनले फरक फरक होटलमा राखेमा सडकका खाल्डा पुरिने बताएका छन् ।
सरकारले विदेशी पाहुना आउने बेलामा मात्रै सडकका खाल्डा पुर्न लागेको बताउँदै सांसद थापाले भने, “विमस्टेकमा आउने पाहुनाहरुलाई फरक फरक होटलमा राखेमा कम्तिमा सडकको खाल्डो त पुरिन्छ । त्यसैले सरकारलाई पाहुनाहरुलाई फरक फरक होटलमा राख्न आग्रह गर्दछु ।”
विमस्टेकको चौथो शिखर सम्मेलन आगामी भदौ १४ र १५ गते काठमाडौंमा हुँदैछ ।
प्रकाशित मिति: मंगलबार, साउन २९, २०७५ ०५:२७
प्रतिक्रिया दिनुहोस्