site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उत्तर र दक्षिण कोरियाली प्रमुखबीच पहिलोपल्ट प्योङयाङमा भेट हुने 
Ghorahi CementGhorahi Cement

एजेन्सी । उत्तर र दक्षिण कोरिया दुवैले आगामी सेप्टेम्बरमा प्योङयाङमा तेस्रो सम्मेलन गर्ने सम्बन्धमा सहमति जनाएका छन् । यससँगै राष्ट्रपति मून जे इन प्योङयाङमा पाइला टेक्ने पहिलो प्रमुख बन्ने रोयटर्सले जनाएको छ । 

सोमबार दुवै देशका वरिष्ठ अधिकारीबीच सीमा क्षेत्रमा भएको उच्च स्तरीय वार्तापछि यस्तो निर्णय लिइएको दक्षिण र उत्तरका एकिकरण मन्त्रीहरुले जानकारी दिएका हुन् ।

Agni Group

यसअघि किम र मूनले गत अप्रिल र मे महिनामा पनि सीमानास्थित सैनिकरहित शान्ति क्षेत्रमा दुईपटक भेटवार्ता गरेका थिए र दुवैबीच अर्को सम्मेलन उत्तर कोरियाको राजधानी प्योङयाङमा आयोजना गरिनेबारे समेत छलफल भएको बताइएको थियो । 

यही विषयमा विशिष्ट पक्षहरुबारे छलफल गर्न सोमबार दुवै देशका प्रमुख प्रतिनिधिहरु सीमा क्षेत्रमा भेला भएका थिए । यस्तोमा बैठकका मुख्य एजेन्डा र मिति लगायतका कुराहरु पनि तय गरिसकेको बताइएको हो । 

Global Ime bank

हाल दुवै छिमेकीबीच देखा परिरहेका अवरोधहरुलाई हटाउन अन्तर कोरियाली वार्ता अत्यन्तै आवश्यक रहेको उत्तरका एकिकरण मन्त्री रि सोनको भनाइ छ । 

उनले भने, ‘त्यसैले अहिलेका चुनौतिहरुबारे चाँडै छलफल गरिएन भने भविष्यमा त्यसले अनपेक्षित समस्या निम्त्याउन सक्छ ।’ तरपनि उनले हाल कस्ता कठिनाइहरुको सामना गर्नु परिरहेको भन्नेबारेमा चाहिँ कुनै खुलासा गरेनन् । यसमा सबैभन्दा महत्वपूर्ण विषय उत्तर कोरियामा मानव अधिकार सम्बन्धी मुद्दाहरु रहेको बताइएको छ । किनकी उत्तर कोरियामाथि मानवअधिकार विरुद्ध क्रियाकलापका थुप्रै आरोपहरु लाग्दै आएका छन् । 

त्यसैगरी प्योङयोङमा हुने उक्त बैठकमा दुवै प्रमुखहरुले निशस्त्रीकरण प्रक्रिया र कोरियाली प्रायद्विपमा स्थायी शान्ति स्थापना बारे पनि विस्तृत छलफल गर्ने बताइएको हो । 

यो वर्ष उत्तर कोरियाली शाषक किम दक्षिण कोरियाका साथै चीन र अमेरिकासँग पनि उच्च स्तरीय सम्मेलनमा सहभागी भइसकेका छन् । तरपनि अझै उत्तर कोरियामा अमेरिका र संयुक्त राष्ट्र संघले लगाएका प्रतिबन्धहरु जारी नै रहेको हुँदा किमका निम्ति हाल छिमेकीसँगको कूटनीतिक सम्बन्ध धेरै महत्वपूर्ण भएको बताइएको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०७५  ०६:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC