site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौँ । कुनै व्यक्ति अचानक हराए वा परिवारजन, आफन्त, चिने–जानेकोको सम्पर्कमा नआए वा जिउँदो भएको कुनै प्रमाण फेला नपरे कुशको प्रतीमा बनाएर सदगत गरेको हामीले सुनेकै हो । गाउँघरतिर अद्यापि त्यस्तो प्रचलन छ ।

यस प्रचलित चलनलाई कानुनलेसमेत मान्यता दिएको छ । भदौ १ बाट लागु हुन लागेको मुलुकी देवानी (संहिता) ऐन– २०७४ले कुनै व्यक्ति बिना सूचना लगातार बाह्र वर्षदेखि बेपत्ता भएमा वा त्यस्तो व्यक्तिको सम्बन्धमा स्वभाविक रूपमा जानकारी पाउने व्यक्तिले बाह्र वर्षदेखि कुनै जानकारी नपाएमा मृत्यु भएको ठहर गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, ८० वर्ष उमेर पूरा भएको व्यक्ति भने पाँच वर्ष हराए देवानी संहिताले मृत्य भएको ठहर गरेको छ । युद्धस्थलमा खटिएको सैनिक भए युद्घ समाप्त भएपछि ४ वर्षसम्म पनि घर फर्किएन भने, दुर्घटना भएको वायुयान, पानी जहाज वा अन्य सवारी साधनमा यात्रा गरेको व्यक्ति भए त्यसरी दुर्घटना भएको मितिले तीन वर्षसम्म घर नफर्किए काजकिरिया गर्न देवानी संहिताले बाटो खुला गरेको हो ।

त्यस्तै कुनै व्यक्तिको कुनै दुर्घटनामा परी मृत्यु भएकोमा त्यस्तो दुर्घटनामा पर्ने अर्को व्यक्ति जीवित रहेको प्रमाण प्राप्त नभएमा त्यस्तो व्यक्तिको पनि सोही बखत मृत्यु भएको ठहर संहिताले गरेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०७५  ०४:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC