site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
राजकुमारसँगको विवाहपछि छोरीबाट टाढा भएको मेगानका पिताको गुनासो
Sarbottam CementSarbottam Cement

एजेन्सी । आफ्नै छोरीको विवाहमा उपस्थित नभएर विवादमा रहेका मेगानका पिताले शााही परिवारसँग आबद्ध भएपछि छोरीसँग अब कहिल्यै भेट्न नपाउनेबारे ठूलो चिन्ता व्यक्त गरेका हुन् । गत मे महिनामा मात्र पूर्व अमेरिकी अभिनेत्री, मेगानको राजकुमार ह्यारीसँग विवाह भएको थियो । तर त्यो भन्दा अगाडिदेखि नै मेक्सिकोमा बस्दै आएका पिता थोमस मार्कल र उनीबीच राम्रो सम्बन्ध नरहेकोबारे विभिन्न खुलासा भएको थियो । 

त्यसैले राजकुमार ह्यारीसँगको विवाहपछि त आफू छोरीबाट झन टाढा हुन पुगेको भन्दै उनले मिडियासामु गुनासो गरिरहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । अब मेगानले आफूलाई फेरि कहिल्यै सम्पर्क नगर्ने डर रहेको उनले अन्तर्वार्ताका क्रममा बताएका हुन् । उनले भनेका छन्, ‘अब मलाई उसँग फेरि भेट हुन्छ भन्ने कुनै आशा छैन । तर मैले के गर्न सक्छु र ?’ 

Prabhu Bank
Agni Group
NIC Asia

३७ वर्षीया मेगान भने विवाहपछि विभिन्न शाही कार्यक्रमहरुमा सहभागी भइरहेकी छन् तर आफ्ना पिताका विषयमा भने अहिलेसम्म उनले कुनै प्रतिक्रिया दिएकी छैनन् । वास्तवमा लामो समयअघि देखि नै उनको परिवारको विषय विवादित रहँदै आएको छ । यस्तोमा पितासँगको सम्बन्ध ठीक नभएकै कारण थोमस छोरीको विवाहमा समेत उपस्थित नभएको चर्चा चलेको थियो । तर थोमसले भने आफू त्यस समय हृदय शल्यक्रियाको लागि अस्पतालमा उपचाररत भएकाले स्वास्थ्य स्थितिका कारण सहभागी हुन नपाएको बताउने गरेका छन् ।

तरपनि विवाह नजिकिँदै जाँदा थोमसका विभिन्न तस्बिरहरु मिडियामा लगातार आइरहेका थिए जसमा उनी साइबरमा गएर ह्यारी र मेगानको विवाहबारे कम्प्युटरमा पढिरहेको र खोजिरहेको अवस्थामा फेला परेका थिए । यस्तोमा उनलाई विवाहमा नबोलाइएकाले नै त्यसै समय शल्यक्रिया गराएको हुन सक्ने चर्चा चलेको थियो । तर आइतबार प्रकाशित अन्तर्वार्तामा भने थोमसले राजकुमार ह्यारीमाथि विवाह अगाडि आफूलाई ती तस्बिरहरुबारे गाली गरेको आरोप लगाएका हुन् । ह्यारीले त्यसरी आफूसँग नराम्रो तरिकाले कुरा गर्दैगर्दा आफूले उनको फोन बीचमै काटिदिएको समेत उनले खुलासा गरेका छन् ।

Global Ime bank

तर विवाहपछि आफूले धेरैपटक मिडियासँग अन्र्तक्रिया गरिरहँदा पनि छोरी मेगानबाट भने कुनै खबर प्राप्त नभएको उनी बताउँछन् । 

त्यसैकारण आफू उनीबाट सधैँका लागि टाढा भइसकेको र अब बेलायती शाही परिवारले छोरीसँग कहिल्यै सम्पर्क गर्न नदिने चिन्ता रहेको उनले बताएका हुन् । 

उनले भनेका छन्, ‘मसँग उसलाई सम्पर्क गर्ने कुनै माध्यम छैन । मैले फोन गर्ने गरेको नम्बरले अहिले कुनै काम गर्दैन र मसँग चिठी लेख्न समेत उसको कुनै निश्चित ठेगाना छैन ।’  तरपनि अझै आफूले छोरीलाई धेरै सम्झिने गरेको र उसको जीवनमा आउन चाहेको उनले बताएका छन् । 

उनले भने, ‘म मेगानसँग विगतका सबै मनमुटावहरु बिर्सिएर फेरि सधैँझैँ बाबुछोरीको सम्बन्ध राख्न चाहान्छु । मैले ह्यारीलाई पनि एउटा सन्देश दिनुछ कि म उनको नयाँ ससुरा हुँ र यसलाई उनले स्वीकार्नैपर्छ ।’  यस अन्तर्वार्ताबारे ह्यारीको कार्यालय केइन्स्टन प्यालेसले भने कुनै प्रतिक्रिया दिएको छैन ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०७५  ०६:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC