site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौँ । घरबहाल सम्बन्धि नयाँ कानुन लागु हुने भएको छ  । भदौ १ बाट लागु हुन लागेको मुलुकी देवानी (संहिता) ऐन– २०७४ले बहालसम्बन्धि नयाँ नियम लागु गर्न लागेको हो ।

देवानी संहिता–२०७४ को धारा ४०१ मा कुनै घरधनी, जग्गाधनीले बहालवालालाई सम्झौताअगावै हटाए, संरचना खाली गर्न लगाए, तीनमहिनासम्म आफूले प्रयोग नगरी भाडामा लगाउन नपाइने व्यवस्था गरेको हो ।
सोही धारमा घर, जग्गाधनीले बहालमा बसेकालाई हटाउन चाहेमा पैँतीस दिनअगावै लिखित सूचना दिनुपर्नेसमेत प्रावधान राखेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कुन अवस्थामा भाडामा लगाउनेले हटाउन सक्ने छ ?

बहालमा बस्ने व्यक्तिले बहालमा लिएको घरभित्र कानूनले निषेध

Global Ime bank

गरेको कसूरजन्य कुनै क्रियाकलाप गरेमा, घर धनी आफैँलाई घर आवश्यक भएमा,

घरबाट मानिस हटाई घरको मर्मत सम्भार गर्नु परेमा, प्राविधिक तथा स्वास्थ्यका दृष्टिले बहालमा दिएको घरमा मानिस बसोबास गर्न उपयुक्त नदेखिएमा, घर बहालको अवधि समाप्त भएमा, बहालमा बस्ने व्यक्तिले सम्झौता वा यस परिच्छेद विपरीत कुनै काम गरेमा, बहालमा लिएको व्यक्तिले बहालमा बस्दा शर्त बमोजिम काम नगरेमा, निजले बहालमा लिएको घरको सरसफाई, संरक्षण वा सुरक्षा नगरेमा वा निजले बहालमा बस्ने अन्य व्यक्ति वा छिमेकीलाई हैरानी, दुःख वा अशान्ति हुने कुनै काम गरेमा बहालमा दिने व्यक्तिले निजलाई जुनसुकै बखत घरबाट हटाउन सक्नेछ ।

त्यस्तै निर्धारित समयमा घरधनीलाई बहालको रकम भुक्तानी गर्नु पर्ने, बहालमा लिएको घर आफ्नो घर सरह मानी सरसफाइ, उचित र मनासिब तवरले हेरचाह, संरक्षण तथा सुरक्षा गर्नु पर्ने, आफू बहालमा रहेको घरका अन्य व्यक्ति वा छिमेकीलाई अशान्ति, हैरानी वा असुरक्षा हुने जस्ता कुनै काम गर्न नहुने, सम्झौतामा उल्लिखित अन्य कुराहरू पालन गर्ने आदि नगरेमा पनि भाडामा लगाउने बहालवालालाई हटाउन सक्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०७५  ०५:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC