site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
क्यान निलम्बन फुकुवा गर्न तदर्थ समिति र मुद्दा खारेज हुनैपर्ने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को विवाद समाधानका लागि राष्ट्रिय खेलकुद परिषद्ले बनाएको क्यानको तदर्थ समिति र निर्वाचित क्यानले अदालतमा हालेको मुद्दा फिर्ता लिनुपर्ने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बनाएको मनिटरिङ कमिटीको सोमबार बसेको बैठकले क्यानको विवाद समाधान गर्नका लागि यी दुई विषय बाधक बनेको भन्दै यो तदर्थ समिति र अदालतमा परेको मुद्दा खारेज नभएसम्म कमिटी अगाडि बड्न नसक्ने निचोड निकालेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

क्रिकेटको विकासमा कुनै बाधा नपार्ने गरी अघि बढ्ने निर्णय भएको मनिटरिङ कमिटिका सदस्य एल्बी क्षेत्रीले बताए । उनले भने “निर्वाचित क्यानले अदालतमा हालेको मुद्दा फिर्ता लिनुपर्छ । त्यस्तै, राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्माण गरेको तदर्थ समिति विघटन हुनुपर्छ ।”

उनले थपे “जिल्लाको समस्यालाई निरन्तर अघि बढाउँदै जाने निर्णय भएको छ ।”

Global Ime bank

गत वैशाखमा निलम्बित क्यानले विशेष साधारण सभाबाट आइसीसीको सल्लाहकार समितिले बनाएको विधान अनुमोदन गरेको थियो ।

आईसीसीले बनाएको मनिटरिङ कमिटीमा आईसीसीका ३, राष्ट्रिय खेलकुद परिषदका १ र निलम्बित क्यानका १ जना प्रतिनिधि गरी ५ सदस्यीय छन् । आईसीसीबाट अमर शेख, मोहम्मद अली र नितिश कोठारी, राखेपबाट एलबी क्षेत्री र निलम्बित क्यानबाट ठाकुर प्रताप थापा रहेका छन् ।

क्यानलाई नयाँ नेतृत्व दिन मनिटरिङ कमिटि आइसीसीले गठन गरेको हो । यो मनिटरिङ कमिटीले जिल्ला, प्रदेश र केन्द्रको चुनाव गराउने छ । यद्यपी निर्वाचित क्यानले अधिकांश जिल्लामा अधिवेशन गर्दै नयाँ नेतृत्व चयन गरिसकेको छ । यस्तो अवस्थामा विवाद भएको जिल्लामा मनिटरिङ कमिटिले पुनः निर्वाचन गराउने छ भने विवाद नभएको जिल्लामा त्यसैलाई मान्यता दिनेछ । नेपाल क्रिकेट संघ (क्यान) मा उग्र विवाद भएपछि आईसीसीले २०७२ सालमा निलम्बन गरेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २८, २०७५  १९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC