site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एसियन गेम्समा आज नेपालले जापानको सामना गर्दै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । १८ औं संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा नेपालले आज जापानसँग प्रतिस्पर्धा गर्दैछ । एसियन गेम्सको उद्घाट्न अघि नै सुरु भएको पुरुष फुटबलमा नेपालले बलियो प्रतिद्वन्द्वी जापानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
सिकाराङस्थित विबावा मुक्ति रंगशालामा नेपाल र जापानबीचको खेल स्थानीय समयअनुसार ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ । 

जापानलाई रोक्दै नेपाल अंक खोस्ने लक्ष्यमा रहेको छ । तर नेपाललाई त्यति सजिलो भने छैन । किनभने जापानसँग उच्च स्तरको र विश्वकपको अनुभवसमेत बटुलेका खेलाडी छन् । यसअघि भएको खेलमा पनि नेपाल जापानसँग पराजित हुँदै आएको छ । 
सन् १९८६, १९९२  र २०१४ मा नेपाल र जापानबीच एसियन गेम्समा भेट भएको छ । जुन तीनै खेलमा नेपाल जापानसँग पराजय भइसकेको छ ।

एसियन गेम्सअन्तर्गत पुरुष फुटबलको समूह डि मा नेपालसहित जापान, भियतनाम र पाकिस्तानसँग रहेका छन् । दोस्रो खेलमा भियतनामसँग अगष्ट १६ मा खेल्ने नेपालले समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग अगष्ट १९ मा खेल्दैछ । 
नेपाली फुटबल टिम थाइल्यान्डमा १० दिनको बैदेशिक भ्रमण सकेर त्यहीबाट इन्डोनेसिया प्रस्थान गरेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०७५  ०७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC