site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं र भक्तपुरमा कुकर बम फेला, नेपाली सेनाद्वारा निस्क्रिय
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा आज कुकर बम फेला परेको छ । 

काठमाडौंको जोरपाटी नजिकै नयाँपाटीमा कुकर बम राखेको पाइएपछि नेपाली सेनाको डिस्पोज टोली बोलाइएको थियो भने भक्तपुरको सूर्यविनायक र लोकन्थलीमा आज बिहानै प्रेसर कुकर बम फेला परेको राससले जनाएको छ । नेपाली सेनाको बम डिस्पोज टोलीले दुवै ठाउँमा भेटिएको बम निस्कृय पारेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

भक्तपुरमा भेटिएका दुवै बम नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

काठमाडौंको जोरपाटी नजिकै नयाँपाटीमा फेला परेको बम पनि नेपाली सेनाले निस्क्रिय बनाएको छ । गोकर्णेश्वर–२ नयाँपाटी मुल सडकमै कुकर बम राखिएको थियो । स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । कुकर बममा तार फिट गरेर घडीसमेत राखिएको पाइएको छ । बम फेला परेपछि स्थानीय त्रसित भएका थिए । नयाँपाटीमा फेला परेको बम शक्तिशाली भएको सुरक्षा निकायले जनाएको छ ।

Global Ime bank

विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकान्ड पक्राउको विरोधमा सो समूहले आज बन्द आह्वान गरेको छ । काठमाडौं उपत्यकामा भने बन्दको कुनै असर परेको छैन । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०७५  ०८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC