site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
टर्कीको आर्थिक संकटको असर भारत हुँदै नेपालमा पनि देखियो
Sarbottam CementSarbottam Cement

अमेरिका  । नेपाली रुपैयाँ तिरेर अमेरिकी डलर लिँदा अहिलेसम्मकै सबैभन्दा वढी पैसा तिर्नुपर्ने भएको छ । टर्कीमा देखिएको वित्तीय संकटका कारणले विश्व मुद्रा बजारमा उथल पुथल आउँदा अमेरिकी डलर महंगो भएको हो ।

विदेशी पैसाको समर्थन मूल्य तोक्ने राष्ट्रबैंकले मंगलवारका लागि प्रति अमेरिकी डलर ११२ रुपैयाँ २० पैसा बिक्री दर तोकेको छ ।  यसको मतलब बाणिज्य बैंकमा डलर किन्दा एक अमेरिकी डलर बरावर ११२ रुपैयाँ २० पैसा तिर्नुपर्छ भन्ने हो । 

तर, वाणिज्य बैंकले कारोबार समयमा छिन छिनमा डलरको मूल्य परिवर्तन गरिरहेका हुन्छन् । वाणिज्य बैंकहरुले बनाएको एउटा समूहले डलरको मूल्य छिन छिनमा निर्धारण गरिरहेको हुन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यही आधारमा डलर तल माथि हुने गर्छ । डलर बढ्दा विद्यार्थी वा घुम्न विदेश जानेलाई नोक्सान पर्छ । विदेशवाट किनेर ल्याउने समान, जहाज टिकट पनि महंगो पर्छ । नेपाल सरकारले तिर्ने विदेशी ऋणको साँवा ब्याजका लागि पनि थप रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । 
फाइदा डलरमा आर्जन गर्नेलाई हुन्छ । जसले डलरमा आर्जन गरेर नेपाल पठाउँछन उनीहरुका परिवारका हातमा थप पैसा पर्नेछ । यो नेपालवाट बाहिर पैसा लाने समय अनुकूल होइन । पठाउने अनुकूल समय भएको अर्थविद्हरु बताउँछन् ।

डलर मूल्य बृद्धिलाई फाइदा नोक्सानको तराजुमा राख्दा नेपाललाई बेफाइदानै बढी हुन्छ । नेपालले निकासीको तुलनामा कयौं गुणा वढी विदेशी सामान किन्छ ।

Global Ime bank

टर्कीको वित्तीय संकटवाट डलर मूल्यमा उथल पुथल भएको हो । तर, टर्कीको प्रभाव सिधै नेपाल आएको भने होइन । 

भारत हुँदै नेपाल भित्रिएको हो । भारु र नेरुबीच निश्चित स्थायी विनिमय दर तोकिएकाले भारु कमजोर हुँदा नेरु पनि कमजोर भएको हो । सिधा भन्दा नेपालको मौद्रिक निकाय राष्ट्रबैंकले डलर मूल्यमा कुनै नियन्त्रण गरेको छैन । भारुमा तलमाथि हुने वित्तीकै नेरुमा असर पर्छ । यही आधारमा मौद्रिक अर्थशास्त्रीहरुले नेपालको स्वतन्त्र मौद्रिक नीति नै छैन भन्छन् । 

भारु र नेरुको १०० बरावर १६० विनिमय दरपनि अहिलेको सन्दर्भमा ठिक नभएको कुरा उठ्ने गरेको छ । तर, यो निकै संवेदनशील विषय भएकाले राष्ट्रबैंक, अर्थमन्त्रालय मौन वस्दै आएका छन् ।

टर्कीकै आर्थिक संकटका कारण सोमवार प्रति डलर भारु ६९ रुपैयाँ ९१ पैसा पुगेको थियो । भारुको यो गिरावट अहिलेसम्मकै सवैभन्दा उच्च हो । यही आधारमा नेपालमा पनि नेरु कमजोर भएको हो । टर्कीको मुद्रा लिराले केही दिन यता उच्च गिरावटको सामना गरिरहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०७५  ०९:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC