site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
असोजमा होला त स्थायी शिक्षकको परीक्षा ? तयारी सुस्त
Ghorahi CementGhorahi Cement

काठमाडौं । शिक्षक सेवा आयोगले आउँदो असोजमा लिन लागेको स्थायी शिक्षकको खुला विज्ञापन परीक्षा तयारीको गति सुस्त देखिएको छ । आयोगले परीक्षाको तयारी तिव्र पारिएको बताए पनि हालसम्म कुन–कुन तहमा कुन विषयको कति आवेदन परेको छ भनेर तथ्यांक संकलन र इन्ट्री गर्ने काममै आयोग अल्झेको छ ।

परीक्षाका लागि एक महिनामात्रै बाँकी रहेपनि आयोगले प्रश्नपत्र र उत्तरपुस्तिका छपाइको काम सुरु गरेकै छैन । परीक्षा केन्द्र निर्धारणदेखि प्रत्येक केन्द्रमा प्रश्नपत्रको सेट र उत्तरपुस्तिका पठाउनेलगायत काम पनि बाँकी रहेको छ ।

शिक्षक सेवा आयोगका उपसचिव तथा सूचना अधिकारी दामोदर आचार्यले आवेदनको पूर्ण तथ्यांक आउन अझै दश दिन लाग्न सक्ने बताउँदै भने, “तथ्यांक आइसकेपछि प्रश्नपत्र छपाइको कम सुरु गरिहाल्छौं । भदौभित्रै प्रश्नपत्र र उत्तरपुस्तिका छपाइको काम सकिन्छ ।”

Agni Group

उपसचिव आचार्यले ७५ वटै जिल्लमा रहेका जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका माध्यमबाट आवेदन संकलन गरिसकेको बताउँदै सबै जिल्लाका तथ्यांक संकलन र इन्ट्रि गर्ने काम सम्बन्धित जिल्लामा भइरहेको बताए । 

हालसम्म प्राप्त भएको तथ्यांकअनुसार प्रावितर्फ करिब १ लाख ५९ हजार आवेदन परेको छ । त्यस्तै निमाविको ८१ हजार र मावि तहको ४० हजारको हाराहारीमा निवेदन परेको छ । समावेशीतर्फको छुट्याउन बाँकी रहेकोले संख्या थपघट हुनसक्ने बताइएको छ । 

Global Ime bank

“यही संख्याको आधारमा उत्तरपुस्तिका छपाइको काम पनि हुन्छ । हामीले त्यो कामको तयारी गर्दैछौं । हामीसँग उत्तरपुस्तिकाको केही स्टक पनि छ । अपुग रहेको छपाइ गर्छौं,” उपसचिव आचार्यले भने ।

साढे १२ हजारका लागि सवा २ लाख आवेदन
शिक्षा तथा मानव स्रोत विकास केन्द्र (शिक्षा विभाग)ले यसअघि नै २०४९ सालदेखि २०७२ असोज २ सम्मको करिब १७ हजार रिक्त दरबन्दी विवरण आयोगमा पठाइसकेको थियो । पछिल्लोपटक विभागले २०७२ असोज ३ देखि २०७४ फागुन मसान्तसम्मको तीनै तहको ७ हजार रिक्त दरबन्दी विवरण आयोगमा पठाएको थियो । 

आयोगका उपसचिव आचार्यका अनुसार २०७० सालमा प्रावि, निमावि र मावि तहको परिक्षा लिइएको थियो । “त्यसपछि ०७२ र ०७३ सालमा प्रावि तहको विविध कारणले गर्दा परीक्षा लिन सकेनौ तर अरु तहको परीक्षा लियौं,” उनले भने ।

आयोगले २०७२ असोज ३ देखि २०७४ फागुन मसान्तसम्मको ७ हजार, यसअघि ७५ प्रतिशत आन्तरिक विज्ञापनबाट बाँकी रहेको २५ प्रतिशत दरबन्दी र सुविधामात्रै रोजेका अस्थायी शिक्षकहरुको ५५ सय गरी कुल १२ हजार ७ सय ३९ पदका लागि भएको विज्ञापनमा २ लाख ३० हजारबढीले आवेदन दिएको प्रारम्भिक तथ्यांकले देखाएको आचार्य बताउँछन् । यो संख्या अझ बढ्न सक्ने उनले बताए । काठमाडौं जिल्लाको आवेदन संख्यामात्रै करिब १३ हजार छ । 

जिल्ला शिक्षा हटेपछि कामको गति सुस्त 
जिल्ला शिक्षा कार्यालयमा ठूलो संरचना र कर्मचारी धेरै हुन्थे । तर अहिले सबै स्थानीय तहमा गइसकेको हुनाले जिल्लाहरुमा स्टाफको संख्या कम छ । दुई–तीन जनाको भरमा काम भइरहेकाले ढिलो भइरहेको उपसचिव आचार्यको भनाइ छ । उपसचिव आचार्यले परीक्षा केन्द्र कुन कुन जिल्लामा राख्ने भनेर तयारी भइरहेको बताए ।

परीक्षा संचालन निर्देशिकामा करिब सवा २ लाख परीक्षार्थी भए भने प्रतिकेन्द्र २ सय परीक्षार्थी रहने उल्लेख छ । “२ लाख ३० हजार अनुमानित परीक्षार्थी भए भने २ सयले भाग लगाउँदा १५ सयको हाराहारीमा परीक्षा केन्द्र पुग्ने अनुमान गरेका छौं,” आचार्यले भने । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०७५  ११:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC