site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भारतले महत्वपूर्ण योगदान दिएको बताएका छन् । सभामुख महराले भारतको समृद्धिबाट सिकेर नेपालले अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पारे । 

उनले दुई मुलुकबीचको सम्बन्धलाई अझै सुदृढ बनाउन लाग्नुपर्नेमा पनि जोड दिए । मित्रराष्ट्र भारतको ७२ औं स्वतन्त्रता दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख महराले नेपाल र भारतीय जनताबीचको सम्बन्धलाई अझै आत्मीय बनाउनुपर्ने आवश्यक्ता पनि औंल्याए । 

नेपालमा गणतन्त्र स्थापना हुनुमा भारतको योगदान महरा
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले परिवर्तित सन्दर्भ अनुसार नेपाल–भारतबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउनुपर्नेमा जोड दिए । उनले नेपालको नदीनाला दुवै मुलुकको हितमा उपयोग गर्न सकिने धारणा पनि राखे । नेता सिटौलाले दुवै मुलुकको वृहत्तर हित हुने गरी सम्बन्धलाई अझै गाढा बनाउन सरकारलाई पनि सुझाव दिए । 
नेता सिटौलाले भारतको स्वतन्त्रता आन्दोलनमा जननायक विपी कोइरालालगायतका नेताहरुले दिएको योगदानको पनि स्मरण गराए । उनले नेपाली जनताले भारतबाट सहयोगको धेरै अपेक्षा गरेको उल्लेख गर्दै त्यसमा ध्यान दिन पनि दुवै मुलुक सक्षम हुने विश्वास व्यक्त गरे । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०७५  ११:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC