site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अव्यवस्थित तार मिलाइँदै, फोहोर उठेको छैन
Ghorahi CementGhorahi Cement

काठमाडौं । बुहपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन भदौ १४ र १५ मा काठमाडौंमा हुँदैछ । सन् १९९७ मा स्थापना भएको बिमस्टेकको सन् २०१४ मा म्यानमारमा सम्पन्न तेस्रो सम्मेलनपछि चौथो नेपालले आयोजना गर्न लागेको हो । बिमस्टेकमा नेपाल, भारत, बङ्गलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् ।

यसै सम्मेलनको तयारीका लागि भत्केका सडक र बिजुलीका पोलमा लत्रेका तार व्यवस्थापनमा सरकारले चासो देखाएको छ । बर्खाका कारण भत्केका सडक कालोपत्रे गर्न नसकिने बताउँदै आएको सडक विभाग बिमस्टेक सम्मेलन तयारीकै लागि मध्य बर्खामा सडक कालोपत्रे गर्न अघि सरेको छ ।

माइतिघर, त्रिपुरेश्वर, बालुवाटार, नक्साल, कमलपोखरी, सिनामङ्गल, तीनकुने, बानेश्वर, लाजिम्पाट र महाराजगञ्जमा भत्केका सडक कालोपत्रे गरिएको सडक विभाग मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयले बताएको छ ।

Agni Group

सडक विभागले आफूले प्रयोग गर्दै आएको बिटुमिन प्रयोग नगरेर एमल्सन प्रयोग गरेर बर्खामा कालोपत्रे गरिएको विभागका प्रवक्ता मुक्ति गौतमले बताए । बिटुमिनमा अन्य केमिकल थप गरेर बनाइएको एमल्सन बिटुमिनभन्दा धेरै महङ्गो हुन्छ ।

“बिटुमिनले बर्खामा कालोपत्रे अडिँदैन, त्यसैले एमल्सन प्रयोग गरेका हौं,” प्रवक्ता गौतमले बाह्रखरीसँग भने, “हामीलाई हाल बर्खाकै समयमा तत्काल सडक कालोपत्रे गर्नु परेकाले यो केमिकल प्रयोग गर्दै कालोपत्रे गरेका हौं ।” 

Global Ime bank

बिमस्टेक सम्मेलनको तयारीका लागिमात्रै भन्दा पनि विभागको नियमित कारबाही अनुरुप भत्किएका र कालोपत्रे उक्किएका सडक मर्मत र कालोपत्रे गर्दै आएको उनले बताए । 
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यही साउन १२ गते त्रिपु्रेश्वर–नागढुङ्गा र २४ गते चाबहिल–साँघु सडकको अवलोकन गर्दै सडकका खाल्डा तत्काल पुर्न र विस्तार हुन नसकेका सडकमा समेत तत्काल कालोपत्रे गर्न विभागलाई निर्देशन दिएका थिए ।

“ठ्याक्कै यी–यी स्थानमा काम गर्ने भन्ने हाम्रो योजना छैन, जहाँ–जहाँ कालोपत्रे उक्किएको छ, त्यहाँ तत्कालै मर्मत गर्दै आएका छौं, विस्तार गर्दा विवादित स्थानमा उपलब्ध सडकमा पनि तत्काल कालोपत्रे गर्दैछौं,” प्रवक्ता गौतमले भने ।

मन्त्री पद सम्हालेको ५ महिनासम्म बिग्रिएका सडकका बारेमा केही नबोल्ने तर बिमस्टेक सम्मेलन नजिकिएपछि मन्त्री महासेठ एकाएक सडक अवलोकनमा निस्कनु अनौठो भएको २४ गतेको अवलोकनका क्रममा बौद्धका स्थानीयबासीको प्रतिक्रिया रहेको थियो ।  

सडक मर्मत, कालोपत्रे र पोलमा लत्रिएका तार व्यवस्थापनमा सडक विभाग, नेपाल टेलिकम र काठमाडौं महानगरबीच चाहिनेजति छलफल र समन्वय अभावमै पनि काम गरिरहनु परेको उपत्यका सडक विस्तार आयोजनाका प्रमुख दीपक केसी बताउँछन् ।

अरुबेला यी कार्यमा खासै वास्ता नगर्ने यी निकायले बिमस्टेक आउन लाग्दामात्रै काम थालेको प्रति स्थानीयले असन्तुष्टि देखाएका छन् । गत वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा चाबहिलबाट बौद्धसम्म मात्र रातारात कालोपत्रे गरेको भन्दै जोरपाटी, नारायणटार, साँघुका स्थानीयबासीले सरकारको आलोचना गरेका थिए ।
वैशाख २७ गते राति कालोपत्रे गरिएको सो कालोपत्रे १५ दिन पनि नबित्दै उक्किएको थियो ।

विदेशी पाहुना आउँदा मात्र सडक मर्मतमा ध्यान दिने अरु समयमा वास्ता नगर्ने भन्दै सरकारी पक्षको सर्वत्र आलोचना भएको छ । पुराना तार हटाएर त्यसलाई व्यवस्थापनका लागि ढुवानी गरिरहेको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । टेलिकमले बिहीबार र शुक्रबार जोरपाटी क्षेत्रका बिजुलीका पोलमा रहेका पुराना र काम नलाग्ने तार हटाए पनि सडकमा त्यसै छोड्दा आवतजावतमा समस्या भएको हो ।

वैद्यले बिमस्टेक सम्मेलनको तयारीका लागि मात्रै भन्दा पनि टेलिकमको नियमित कार्य सञ्चालनअन्तर्गत पुराना र काम नलाग्ने तार हटाइएको पनि बताइन् ।  काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले टेलिकमले नयाँ तार लगाएर पुराना त्यसै छोड्ने गरेको स्थानबाट गत १ वर्षयता टाटा मोबाइल र टिपरमा गरी करिब ६० गाडी तार व्यवस्थापन गरिएको बताए ।

“बिमस्टेक नजिकिँदै गरेको यस समयमा हामीले तार व्यवस्थापनलाई पनि विशेष ध्यान दिएका छौं,” नगर प्रहरी प्रमुख जोशीले भने । बिमस्टेक सम्मेलन तयारीकै लागि सरकारले सडक मर्मत, कालोपत्रे र बिजुलीका तार मिलाए पनि काठमाडौंमा २ महिनादेखि थुप्रिएको फोहोर उठाउन नसकेको छैन ।

टेकु, वागबजार, पुरानो बसपार्क, कुलेश्वर, गौशाला, कोटेश्वर र चक्रपथका अधिकांश स्थानमा थुप्रिएको फोहोर उठ्न नसक्दा बिमिसटेक सम्मेलका बीच यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौति रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकृतले बताए ।  

सोमबार संसद् भवनमा नेपाली कांग्रेसका नेता गगन थापाले बिमस्टेकमा आएका पाहुनालाई कुनै एउटा होटलमा मात्र नलगेर काठमाडौंका सबै होटलमा लैजाँदा मात्र यहाँका सबै सडक कालोपत्रे हुने थियो भन्दै व्यङ्ग्य गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०७५  १२:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC