site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुसँग सेवा शुल्कको विवरण माग गरेको छ । मन्त्रालयले सरकारी अस्पताल, मेडिकल कलेज, निजी अस्पताल र सामुदायिक अस्पताललाई अहिलेसम्म कति शुल्क केको आधारमा लिएको त्यसको विवरण पठाउन माग गरेको हो । यसअघि गत माघमा मन्त्रालयले निजी अस्पतालको छाता संगठन (अफिन) मार्फत् शुल्क सूची  माग गरेको थियो । सबै अस्पतालहरुले शुल्क विवरण नपठाएपछि पुनः सेवा शुल्क विवरणका मागपत्र अस्पतालमा पठाएको मन्त्रालयका सूचना अधिकारी दिपेन्द्र रमण सिंहले बताए ।
“अहिले अस्पतालपिच्छे बिरामीले फरक फरक रुपमा सेवा शुल्क तिर्नुपरेको गुनासो बढेपछि मन्त्रालयले देशैभरका अस्पताललाई शुल्क विरवण माग गरेको हो,” उनले भने, “यसअघि पनि मन्त्रालयले सबै अस्पताललाई सेवा शुल्क पठाउन सूचना जारी गरेपनि थौरै अस्पतालले मात्र विवरण भएका थिए । तर अब शुल्क विवरण नपठाउने अस्पताललाई मन्त्रालयले कारबाही गर्नेछ ।”
मन्त्रालयको नीति तथा समन्वय महाशाखाका प्रमुख विकास लामिछानेले देशैभरका निजी तथा सार्वजनिक अस्पतालहरुले अहिले लिँदै आएको शुल्क विवरण पठाए त्यस शुल्क विश्लेषण गरी त्यसको वैज्ञानिक आधार तय गर्न सजिलो हुने बताए ।
‘स्वास्थ्य संस्था स्थापना सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका २०७०’ को दफा ३० अनुसुची ७ मा सेवा शुल्क निधारर्ण समिति व्यवथा उल्लेख छ । सरकारी नियमनको उपभोक्ता हितसंक्षण विभागले गत माघ महिनामा राजधानीका निजी अस्पतालमा अनुगमन गर्दा आफूखुसी शुल्क असुलेको पाइएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०७५  १३:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC