काठमाडौँ । भदौ एक गतेदेखि लागु हुने मुलुकी अपराध संहिता ऐन–२०७४ ले पशुअधिकारको पनि संरक्षण गरेको छ । ऐनले पशुपक्षीप्रति निर्दयी व्यवहार गर्न नहुने व्यवस्था लागु गर्न लागेको हो । उपरोक्त व्यवस्थानुसार पशुपंक्षीलाई कुटी, हिर्काई वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाउन र सामथ्र्यभन्दा ज्यादा दौडाउन निषेध गरेको हो ।
त्यस्तै रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएको पशु काममा लगाउनसमेत निषेध गरेको छ । यसैगरी हानिकारक बस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिनसमेत प्रतिवन्ध लगाएको छ । यसो गरेमा तीन महिनासम्म कैद र पाँच हजार जरिबाना तिर्नुपर्नेछ ।
तर, पशुपक्षीलाई कुनै काम गर्न सिकाउने, तालिम दिने, त्यसलाई आफ्नो कामप्रति निपुण बनाउने उद्देश्यले न्यूनतम बल प्रयोग गरी कुनै काम गर्न वा पशुपक्षीलाई त्यसको शारीरिक क्षमता अनुसार कुनै भारी बोकाउन वा दौडाउन बाधा भने बाधा नपर्ने कानुनमा उल्लेख छ ।