site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
१० वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, नाफा कति ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । आर्थिक वर्ष समाप्त भएको १ महिना बित्नै लाग्दा अहिलेसम्म १० वटा वाणिज्य बैंकले मात्र वित्तीय विवरण सार्वजनिक गरेका छन् । अधिकांश विकास बैंक तथा वित्तीय संस्थाले गत वर्षको वित्तीय विवरण प्रकाशित गरिसकेको अवस्थामा वाणिज्य बैंकहरु भने पछि परेका हुन् ।

नेपाल राष्ट्र बैंकले अनिवार्य रुपमा नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुरुप वित्तीय विवरण बनाउनुपर्ने भएपछि बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशनमा ढिलाइ गरेका हुन् । यस्तो फर्म्याटमा वित्तीय विवरण सार्वजनिक गर्न केही समय लाग्ने भन्दै बैंकहरुले राष्ट्र बैंकलाई अनुरोध गरेपछि राष्ट्र बैंकले थप १५ दिन समय उपलब्ध गराए पनि उक्त समयमा सबै बैंकको वित्तीय विवरण आउन हम्मेहम्मे पर्ने देखिएको छ ।

थप गरिएको समय पनि सकिन २ दिनमात्र बाँकी रहँदा १० वटा वाणिज्य बैंकहरुले मात्र विवरण सार्वजनिक गरेका छन् । यसअघि बैंक तथा वित्तीय संस्थाले त्रैमासिक सकिएको १५ दिनभित्र विवरण सार्वजनिक गरिसक्नुपर्ने थियो ।
हालसम्म अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्ने वाणिज्य बैंकहरुको अवस्था यस्तो रहेको छ ।

Agni Group

निक्षेप र कर्जामा एनआईसी एशिया अब्बल
यस अवधिमा वित्तीय विवरण सार्वजनिक गर्ने बैंकमध्ये सबैभन्दा धेरै निक्षेप संकलन गर्नेमा एनआईसी एशिया बैंक देखिएको छ । अघिल्लो आवको अन्त्यसम्म ८६ अर्ब ६९ करोड रुपैयाँ मात्र निक्षेप संकलन गरेको बै.कले एक वर्षमा करिब ६५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको हो । बैंकले हालसम्म १ खर्ब ५१ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २० अर्ब ६६ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । कर्जा प्रवाह अघिल्लो आवको अन्त्यभन्दा ४८ अर्ब रुपैयाँ बढी हो ।

निक्षेप संकलनको हिसाबमा १ खर्ब ३९ अर्ब ९८ करोड रुपैयाँसहित दोस्रोमा रहँदा एभरेट बैंकले १ खर्ब १४ अर्ब रुपैयाँको निक्षेप संकलन गरेको छ ।

Global Ime bank

\"\"

नेपाल इन्भेस्टमेन्ट बैंकको चुक्तापुँजी १० अर्ब ७४ करोड
वित्तीय विवरण सार्वजनिक गर्ने बैंकमध्यै सबैभन्दा धेरै चुक्तापुँजी नेपाल इन्भेस्टमेन्ट बैंकको रहेको छ । बैंकले अघिल्लो आवको अन्त्यमा रहेको १० अर्ब ६२ करोड रुपैयाँ रहेको चुक्तापुँजीमा थप गरेको हो ।

वित्तीय विवरण सार्वजनिक गर्ने बैंकमा ८ अर्बमाथि चुक्तापुँजी पुर्याउने बैंकमा एभरेस्ट बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई र प्राइम कमर्सियल बैंक रहेका छन् । यी सबै बैंकको गत आवसम्म राष्ट्र बैंकको निर्देशन बराबरको चुक्तापुँजी पुगेको थिएन । 

\"\"

सबैभन्दा बढी खुद मुनाफा पनि नेपाल इन्भेस्टमेन्ट बैंकको
गत आवको वित्तीय विवरण सार्वजनिक गर्ने बैंकहरुमा सबैभन्दा बढी खुद मुनाफा गर्ने वाणिज्य बैंक नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ । बैंकले वर्षभर ३ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यो नाफा अघिल्लो आवको भन्दा ४६ करोड रुपैयाँ बढी हो । खुद नाफा गर्नेमा नेपाल बैंक दोस्रो स्थानमा छ । बैंकले वर्षभरि ३ अर्ब ३९ करोड रुपैयाँ नाफा कमाउँदा तेस्रो स्थानमा रहेको माछापुच्छ्रे« बैंकले २ अर्ब ८० करोड रुपैयाँ मुनाफा कमाएको छ ।

गत आवमा सबै वाणिज्य बैंकको खुद मुनाफा बढ्दा एनआईसी एशियाको नाफा भने घटेको छ । अघिल्लो वर्ष १ अर्ब ४७ करोड रुपैयाँ कमाएको बैंकले आव २०७४–७५ मा १ अर्ब १९ करोड रुपैयाँमात्र नाफा गरेको हो ।

यता प्रतिसेयर आम्दानीको आधारमा भने नेपाल बैंक शीर्ष स्थानमा रहेको छ ।

\"\"
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०७५  १३:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC