site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
राउन्ड टेबल नेपालद्वारा गोरखाम २ भवन हस्तान्तरण
Sarbottam CementSarbottam Cement

काठमाडौं । राउन्ड टेबल इनटरनेसनलले गोरखाको एक विद्यालयलाई १२ कक्षकोठासहितको २ वटा भवन हस्तान्तरण गरेको छ । संस्थाले ६ वटा अन्तर्राष्ट्रिय क्लबहरुको संयुक्त टोलीलाई संगठित गर्दै सुरु गरेको ‘राउन्ड फर नेपाल’ नामक अभियानमार्फन् गोरखाको पालुङटार नगरपालिकाको अकला माविलाई भवन हस्तान्तरण गरेको हो ।

अभियान सञ्चालन गर्ने संगठनमा राउन्ड टेबल, लेडिज सर्कल, ४१ क्लब, वोको फाउण्डेशन, ट्यान्जेन्ट र अगोरा रहेका छन् । ती संस्था नेपाली समुदायलाई प्राकृतिक विपत्तिको विरुद्ध उभ्याउने एकिकृत लक्ष्यले एक भएका थिए । राउन्ड टेबल नेपाल अल फर नेपाल परियोजना अन्तर्गत काठमाडौं ब्लुज राउन्ड टेबल १९ ले सहयोग प्रदान गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

भवनको उद्घाटन गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत र राउन्ड टेबल नेपालका अध्यक्ष जयन्त अग्रवालले गरेका हुन् । हस्तान्तरण कार्यक्रममा काठमाडौं ब्लुज राउन्ड टेबल १९ का सभापति शिरिश मुरारका, विद्यालयमा अध्ययनरत ८ सय जना विद्यार्थी एवं अभिभावकको उपस्थिति रहेको थियो । 

त्यसैगरी, विनाशकारी भूकम्पले पानी ट्यांकीमा नोक्सानी पु¥याएकाले कार्यक्रममा पानी संकलनका लागि विद्यालयलाई १ हजार लिटरको एउटा पानी ट्यांकी पनि हस्तान्तरण गरिएको थियो । यस साथै विद्यालयका प्रतिनिधिलाई पुस्तकालयका लागि पुस्तकहरु पनि हस्तान्तरण गरियो । अल फर नेपाल परियोजनाले राउन्ड टेबल अन्तर्गत हालसम्म देशभर ११५ वटा कक्षाकोठा हस्तान्तरण गरिसकेको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०७५  १४:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC