site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपाली उद्योगीसँग जापानी राजदूतले भने– सहजकर्ताको भूमिका निर्वाह गर्न प्रयासरत रहनेछु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपालका लागि नवनियुक्त जापानी राजदुतले नेपालको विकास एवं समृद्धिको लागि नेपाली उद्योगी र जापानी उद्योगीबीचको सम्बन्धलाई प्रवद्र्धन गर्न आफू तयार रहेको बताएका छन् । 
नेपालका लागि जापानका नवनियुक्त राजदूत मासामिची साइगोले नेपाली उद्योगीहरुसँगको भेटमा सम्बन्ध प्रवद्र्धनका लागि सहजकर्ताको भूमिका निर्वाह गर्न आफू प्रयासरत हुने बताएका हुन् ।
भेटमा राजदूत साइगोले नेपालको विकास कार्यक्रममा जापानले सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै समृद्धिको मार्गमा अघि बढेको नेपालको वर्तमान अवस्थामा जापानबाट थप सहयोग र सहकार्य उपलब्ध हुने बताए । साथै जापानी लगानी नेपालमा भित्र्याउन दूतावासको तर्फबाट सक्दो पहल गर्ने दावी उनको छ ।
भेटमा परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालमा विकासका आधारका साथै लगानीको उचित वातावरण श्रृजना भएको बताए । तसर्थ, जापानी उद्योगीको लागि समेत नेपाल लगानीको राम्रो क्षेत्र हुने आफूले विश्वास लिएको बताए । नेपाल उद्योग परिसंघ नेपालको निजी क्षेत्रको तर्फबाट यस कार्यमा दूतावाससँग सहकार्य गर्न तयार रहेको पनि उनले बताए ।
भेटमा शर्माले नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनीले आफ्नो लगानीको राम्रो प्रतिफल प्राप्त गरेको, नेपालमा सञ्चालित उद्योगले आफ्नो लगानीको नाफा रकम फिर्ता लग्ने विषयमा कुनै समस्या नभएको समेत जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०७५  १४:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC