site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

भक्तपुर, रासस । पक्राउमा परेका आफ्ना कार्यकताको निःशर्त रिहाइको माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको चौतर्फी अवज्ञा भएको छ । 
बन्दले दिक्क नागरिक र व्यवसायीले बन्दको अवज्ञा गरी व्यवसाय र यातायातका साधन निर्धक्क सञ्चालन गरेपछि भक्तपुरलगायत काठमाडौँ उपत्यकामा आज बन्दको प्रभाव परेको छैन । लोकन्थली र सूर्यविनायकमा बिहानै भेटिएको प्रेसर कुकर बम सुरक्षाकर्मीले निष्क्रिय पारेपछि बन्दको त्रासलाई मेट्दै दैनिक झैँ जनजीवन सामान्य रुपमा सञ्चालन भएको छ । 
भक्तपुरमा बिहानैदेखि निर्बाध रुपमा यातायात सञ्चालन भएको छ । अरनिको राजमार्ग खण्ड भएर गुड्ने काभ्रेपलाञ्चोकबाट आउने र काठमाडौँबाट जाने सार्वजनिक तथा निजी सवारी साधन निर्बाध रुपमा सञ्चालनमा आएको छ । त्यस्तै भक्तपुरबाट ग्रामीण मार्गमा सञ्चालन भएका बससमेत आज निर्बाध रुपमा सञ्चालनमा आएका छन् । जिल्लाका सबै बजार खुलेका छन् भने सहज रुपमा व्यापार सञ्चालन भइरहेको छ । त्यस्तै भक्तपुरका उद्योग कलकारखानासमेत निर्बाध रुपमा सञ्चालन भएका छन् । 
महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी प्रमुख हिमालयकुमार श्रेष्ठले जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको बताउँदै जिल्लामा निर्बाध रुपमा यातायातका साधन, बजार र उद्योग तथा कलकारखाना सञ्चालन भइरहेको जानकारी दिए । व्यापक रुपमा प्रहरी परिचालन गरिएको जानकारी दिँदै उनले कहीँकतै अवरोध सिर्जना गर्न खोजे कडा कारवाही गरिने चेतावनी दिए । भक्तपुरमा सरकारी विद्यालय र निजीतर्फ पनि इसानअन्तर्गतका भक्तपुर नगरपालिकाभित्रका विद्यालय पनि निर्बाध सञ्चालन भइरहेका छन् । 
यद्यपि प्याब्सन र एनप्याब्सनमा आबद्ध र निजी विद्यालयले भने बन्दकर्ताको साथ दिएका छन् । विद्यालयलाई शान्ति क्षेत्र बनाउनुपर्छ भनेर आवाज उठिरहेका बेलामा कुनै पनि बन्दले असर नगरी विद्यालय सञ्चालन हुनुपर्नेमा प्याब्सन र एनप्याब्सनअन्तर्गतका विद्यालय उपत्यकामा नै बन्द भएका छन् । बन्दकर्ताले बन्दको आह्वान गरेकै भरमा निजी विद्यालयले विद्यालय बन्द गरेर बन्दकर्ताको साथ दिइँरहदा लाखौँ विद्यार्थीले आज पढाइबाट वञ्चित हुनुपरेको छ । जोसुकैले बन्द एवं हडतालको आह्वान गर्दा पनि निजी विद्यालयले बन्दकर्ताको साथ दिने गरेको अभिभावकको गुनासो छ । 
निजी विद्यालय सञ्चालकले भने विद्यालयको गाडीमाथि आक्रमण हुनसक्ने र विद्यार्थीको ज्यान जोखिममा पर्ने भएकाले विद्यालय नै बन्द गरेको बताएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०७५  १४:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC