site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सीपीएलमा पनि चम्किए सन्दीप, उत्कृष्ट बलिङ 
Sarbottam CementSarbottam Cement

एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा उत्कृष्ट बलिङ गर्दै २ विकेट लिएका छन् । सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट तेस्रो खेल खेलेका सन्दीपले जमैका टाल्लावाहसविरुद्ध २ विकेट लिन सफल भएका हुन् ।

आज बिहान भएको खेलमा सन्दीपले सीपीएलमा शानदार बलिङ गरे । आफ्नो तेस्रो खेलमा पनि उत्कृष्ट बलिङ गर्दै सन्दीपले विकेट लिन सफल भए । उनले ४ ओभर बलिङ गर्दै २१ रन खर्चेर २ विकेट लिएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सन्दीपले एकै ओभरमा २ विकेट लिएका थिए । उनले आफ्नो दोस्रो ओभर तथा खेलको ६.२ ओभरमा प्याट्रियट्सलाई पहिलो विकेट दिलाएका थिए । उनले केन्नार लुविसलाई ४९ रनमा आउट गराएका थिए । त्यस्तै, यसै ओभरको चौथो बलमा पनि एन्ड्रे म्याक्कार्थीलाई शुन्य रनमै एल्बीडब्लु आउट गरे ।

सन्दीपले जारी सीपीएलमा ३ खेलबाट ५ विकेट लिई सकेका छन् । यसअघि उनले पहिलो खेलमा २ र दोस्रो खेलमा १ विकेट लिएका थिए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०७५  ०७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC