site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पार्टीको इमान्दार सिपाही हुँ, राजीनामा फिर्ता लिन्न 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले राजीनामा दिएको आज २८ दिन भयो । अहिलेसम्म न त पार्टीले उनको राजीनामा स्वीकृत गरेको छ न त अस्वीकृत नै ।  

गत साउन ६ गते त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अनशनरत डा. गोविन्द केसीलाई भेटेको भन्दै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्टिकरण मागेपछि श्रेष्ठले ‘तपाईँहरुको प्रवक्ता तपाईं नै खानुहोस्’ भनेर ७ गते राजीनामा दिएका थिए ।

राजीनामा फिर्ता नलिए पनि श्रेष्ठले ने क पाको प्रवक्ता पदको जिम्मेवारी भने सम्हाल्दै आएका छन् । पार्टी बैठकपछिको निर्णय पनि उनले नै सुनाउँछन् । श्रेष्ठ अहिले राजीनामा फिर्ता नलिने र पार्टीको जिम्मेवारी सम्हाल्ने पक्षमा छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“पहिलाको मनस्थितिमा मैले जसरी राजीनामा दिएको हो, अहिले पनि त्यही अवस्था छ,” श्रेष्ठले बाह्रखरीसँग संक्षिप्त कुराकानी गर्दै भने, “ राजीनामा फिर्ता लिएको छैन ।”

अब के हुन्छ ?
 

Global Ime bank

उनले आफू पार्टीको इमान्दार सिपाही भएको भन्दै सम्पूर्ण निर्णयहरु मान्ने बताए ।

“राजीनामाको विषयमा पार्टी कमिटीले नै निर्णय गर्छ,“ श्रेष्ठले थपे,  “यसभन्दा अगाडिको बैठकमा साथीहरुले फिर्ता लिनुहोस् भन्दा मैले लिन्नँ भनेँ । म पार्टीको इमान्दार सिपाही भएसम्म सबै निर्णयहरु मान्छु । तर, पार्टीले राजीनामाको विषयमा निर्णय नै गरेको छैन । मैले फिर्ता पनि लिएको छैन र लिन्न पनि ।”

उनका अनुसार श्रेष्ठलाई स्पष्टिकरण माग्ने कुराको बारेमा अहिले अध्यक्षद्वयले गल्ती महसुस गरेका छन् । श्रष्ठले आफू राजीनामाको विषय टुंग्याउने अवस्थामा पुगेको जानकारी पनि दिए । “अब जे भएपनि पार्टी कमिटीले नै टुंग्याउनुपर्छ, टुंग्याउने अवस्थामा म पुग्छु । मेरो कुरा त मैले भनिसकेँ, म फिर्ता लिन्न,” उनले भने ।

फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०७५  १०:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC