site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
दशौं लघुकथा दिवस प्रारम्भ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । लघुकथा समाज, नेपालले समाज स्थापनाको दशौं वर्षका अवसरमा दशौ लघुकथा दिवस मनाउन सुरु गरेको छ । यसै अवसरमा यही भदौ ४, ५ र ६ गते त्रिदिवशीय लघुकथा दिवस मनाउन प्रारम्भ गरेको हो । 
लघुकथा समाज नेपालको गौरवपूर्ण दश वर्ष भन्दै शुरु पहिलो दिनको कार्यक्रममा सोमबार लघुकथा वाचन तथा अन्तरक्रियाका साथ सम्पन्न भयो । सो अवसरमा नेपाली लघुकथामा कलम चलाउँदै आएका केही स्रष्टाहरुले लघुकथा वाचन गरे ।
कार्यक्रममा माया ठकुरी, भागिरथी श्रेष्ठ, अशेष मल्ल, किशोर पहाडी, गोविन्द गिरी प्रेरणा, मोहनबहादुर कायस्थ, मन्दिरा मधुश्री, देवा अधिकारी, विमल भौकाजी, गंगा सुवेदी, राधा कार्की, नारायण तिवारीले आआफ््ना लघुकथा वाचन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ समालोचक प्रा. मोहनराज शर्माले लघुकथा लेखकले लघुकथाका सिद्धान्तलाई विशेष ध्यान दिनुपर्ने बताए ।
समाजका अध्यक्ष श्रीओम रोदको सभापतित्वमा सम्पन्न कार्यक्रममा धु्रव मधिकर्मी, तुलसीहरि कोइरालाले बोलेका थिए ।
लघुकथा दिवसका अवसरमा लघुकथाकारको सम्मान तथा पुस्तक विमोचन गरिने कार्यक्रम रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०७५  १३:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC