site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नारी केन्द्रित कथा वाचन 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

ललितपुर । महिला अधिकारको लागि स्वयंको सजगता, हिंसाको प्रतिरोध, समाजमा नारी पुरुषको समान दायित्वबोध र शिक्षा तथा चेतनाको विकासले महिलाहरु उच्चतम तहमा पुगेको जस्ता विषयमा लेखिएका कथालाई लिएर हालै ललितपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । 
नेपाल भाषा परिषदको आयोजनामा सम्पन्न उक्त गोष्ठीमा कथाकारहरु मोतीलक्ष्मी शाक्य, मनदेवी तण्डुकार, रेवती राजभण्डारी, निजिरोस न्याछ्यों, सरस्वती तुलाधर, रेणु श्रेष्ठ, मीना बज्राचार्य, अमिरमैयाँ रञ्जित र नलि बज्राचार्यले नारी समस्यामाथि केन्द्रित भएर लेखिएका समसामयिक कथा वाचन गरे ।
कार्यक्रमकी प्रमुख अतिथि कथाकार जलेश्वरी श्रेष्ठले महिलाहरुले आफ्ना समस्याहरुका बारे सशक्त ढंगले प्रस्तुत गर्न हिचकिचाउन नहुने बताइन् । 
परिषदका सचिव तथा कथाकार धु्व मधिकर्मीले कथाहरुका बारेमा गोष्ठी तथा अन्तरक्रियाले लेखनमा परिमार्जन र समसामयिकता थपिने बताए । 
परिषद्का अध्यक्ष प्रा. सुवर्ण शाक्यको सभापतित्वमा भएको सो गोष्ठीमा कवि नवीन चित्रकार, पुष्परत्न तुलाधर, निर्मल बज्राचार्य र भवानी तुलाधर लगायतले बोलेका थिए ।   

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०७५  १३:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC