site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
विश्व व्यापार संगठनमा भारत कमजोर
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली । निर्यात प्रवर्द्धन गर्ने भारतीय नीतिलाई लिएर अमेरिकाको विश्व व्यापार संगठन (डब्ल्यूटीओ) मा विरोध हुँदै आएको विषयमा युरोपियन युनियन, चीन तथा जापानजस्ता देशले समर्थन गरेका छन् । यी मुलुकहरु यो विवादमा तेस्रो पक्षका रुपमा सामेल भएका हुन् । 
डब्ल्यूटीओमा भारतका लगभग सबै निर्यात प्रवर्द्धन  योजनालाई अमेरिकाले चुनौती दिएको छ । अमेरिकाले ‘अग्रिमेन्ट अन सब्सिडिज एन्ड काउन्टरभेलिङ मेजर्स’ (एएससीएम) को उल्लेख गर्दै भनेको छ, “भारतको यस्तो योजनाले अमेरिकी कामदारलाई नोक्सान हुनेछ । अमेरिकाले यस्तो सब्सिडीको मूल्य ७ अर्ब डलर रहेको बताएको छ ।” 

यस मामिलाबारे जानकार सूत्रले भनेको छ, “यो विवादमा तेस्रो पक्षको बढ्दो संख्या चिन्ताको विषय बनेको छ । यसको परिणाम गम्भीर हुनेछ ।”

व्यापारविज्ञहरुका अनुसार व्यापारसँग जोडिएको यस विवादमा भारतको हार हुने अवस्था उत्पन्न भएको छ । भारतलाई हराउन चाहने देशहरुको संख्या बढेसँगै अब यो मुद्दा निकै पेचिलो र ठूलो बन्दै गएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यो विवादमा ब्राजिल, मिस्र, क्यानडा, जापान, कजाकिस्तान, दक्षिण कोरिया, रुस, श्रीलंका, ताइवान, थाइल्यान्ड र युरोपियन युनियनसमेत तेस्रो पक्ष बनेका छन् । 

एक व्यापारविज्ञ भन्छन्, “डब्ल्यूटीओसँग यी मुलुकहरुको हित जोडिएको छ । केही देशहरुसँग बजार पहुँचलाई लिएर भारतको विवाद छ । जबकि, अन्य देशसँग रिजनल कम्प्रिहेन्सिभ इकोनोमिक पार्टनरर्सिप (आरसीईपी) लाई लिएर समस्या छ ।”

Global Ime bank

भारतका साथै चीन, दक्षिण कोरिया, जापान र थाइल्यान्ड आरसीईपी टे«ड अग्रिमेन्टका सदस्य छन् । यी देशहरु कम्तीमा पनि ९० प्रतिशत वस्तुमा भारी रुपमा कर कटौती गराउन भारतलाई दबाब दिइरहेका छन् । 

श्रीलंका पनि चाहँदैन निर्यातसँग सम्बन्धित उत्पादन–प्रोत्साहन भारतसँग कायम रहोस्, किनकि यी दुई मुलुक निर्यातमा प्रतिस्पर्धा गरिरहेका छन् ।  

दुवै पक्षबीच छलफल गरी सहमति गराउने प्रयास असफल भएपछि डब्ल्यूटीओले फिलिपिन्सका जोस एन्टोनियो बुएक्यामिनोको अगुवाइमा एक प्यानल बनाएको थियो । प्यानलको अन्य सदस्यमा दक्षिण कोरियाका लिओरा ब्लुमबर्ग र स्विजरल्यान्डका सर्गे प्यानाटियर रहेका छन् । सूत्र भन्छ, “प्यानल तयार पार्नु महत्वपूर्ण काम भएकाले भारतमाथि आफ्नो प्यानल मजबुत बनाउने दबाब छ ।”

प्यानलले ३ महिनाभित्र आफ्नो रिपार्ट डब्ल्यूटीओका सबै सदस्यलाई बुझाउनुपर्नेछ ।  

इकोनोमिक टाइम्सबाट
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०७५  १४:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC