site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
चुरोट पिउनु हुन्छ भने बालबालिकामाथि यत्ति त दया गर्नुस् !
Sarbottam CementSarbottam Cement

बीबीसी । तपाईंले आफ्नो घरमा बालबालिका र चुरोटलाई एकै साथ प्रेम गर्न सक्नु हुन्न । यदि भलो चाहनुहुन्छ भने तपाईंले यी दुई मध्ये कुनै एकलाई छा्ड्नुपर्ने हुन्छ । 

अमेरिकामा गरिएको एक अध्ययनले चुरोट पिउने आमा–बुवाका साथ हुर्किएका बालबालिकाहरुमा फोक्सोको बिरामी हुन सक्ने देखाएको छ । ‘पेसिव स्मोकिङ’ का कारण बालबालिकाहरुमा उक्त बिरामी हुन सक्छ । ‘पेसिव स्मोकिङ’ भनेको कुनै एउटा व्यक्तिले चुरोट पिउदै गरेको समयमा उसको वरिपरीका मानिसहरुले विना कसुर धुँवा लिनु भन्ने बुझिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अध्ययनकर्ताहरुले चुरोट पिउने प्रति एक लाख वयस्कको मृत्युमा सात अन्य मृत्युहरु ‘पेसिव स्मोकिङ’ का कारण हुने बताएका छन् । अमेरिका क्यान्सर सोसाइटीको अध्ययनमा ७० हजार ९०० जना चुरोट नपिउने पुरुष र महिलाहरुलाई सहभागी गराइएको थियो । उनीहरुका आमा–बुवा भने चुरोटका अम्मली थिए । 

अध्ययनका क्रममा स्मोकिङको लतका शिकार आमा–बुवाका साथ हुर्के बढेका बालबालिकाहरुमा भिन्नै प्रकारको बिरामी हुन सक्ने तथ्य फेला परेको छ । 

Global Ime bank

बालबालिकाले हप्तामा १० अथवा त्योभन्दा बढी घण्टा चुरोटको धुँवामा विताउनु परे उनीहरुमा मुटुको समस्या देखिने सम्भावना २७ प्रतिशत बढी हुने गर्दछ । त्यस्तै मस्तिष्कघातको सम्भावना २३ प्रतिशत र फोक्सोमा संक्रमण देखिने सम्भावना ४२ प्रतिशत बढी रहन्छ । 

यसको तुलना चुरोट नपिउने आमा–बुवाका सन्तानहरुसँग गरिएको थियो । अध्ययनमा चुरोट पिउने आमा–बुवाका साथ रहने बालबालिकामा श्वासप्रश्वासको समस्या हुने र फोक्सोको विकास प्रभावित हुन सक्ने उल्लेख छ ।
https://www.bbc.com/hindi/science-45239148

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०७५  ०५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC