बीबीसी । तयार भएर प्रितीले पेराम्बुलेटर (बच्चालाई घुमाउन प्रयोग गरिने गाडी) निकालिन्, आफ्नो एक वर्षको छोरालाई पेराम्बुलेटरमा सुताइन र गुडाउँदै किनमेलका लागि बाहिर निस्किइन् । प्रिती प्रायःजसो घर बाहिर जाँदा छोरालाई पेराम्बुलेटरमा नै लिएर जान्छिन् । बच्चालाई काखमा बोकेर धेरै कामहरु गर्न असहज हुने उनको अनुभव छ ।
प्रितीले भनिन्, ‘‘छोरो पेराम्बुलेटरमा हुँदा घरको ताला लगाउनदेखि किनमेल गर्न, घुम्न सहज हुन्छ । छोरो पेराम्बुलेटरमा दूध पिउँदा–पिउँदै आरामसँग सुत्छ पनि । उठ्दा त्यसैमा बसेर खेलिरहेको हुन्छ । र मलाई काम गर्न सजिलो पनि हुन्छ । बच्चा काखमा हुँदा सम्पूर्ण ध्यान उसैमा गइरहने भएकाले कुनै काम गर्नै सकिँदैन । फेरि बच्चापनि आमाको काखमा बस्दा–बस्दा दिक्क भैसकेको हुन्छ ।’’
प्रितीले पेराम्बुलेटरको फाईदा त जान्छिन् तर उनी त्यसका बेफाइदाबारे बेखबर छिन् । उनी पेराम्बुलेटर आफ्नो शिशुका लागि अत्यन्तै खतरनाक साबित हुन सक्ने बारे अनभिज्ञ छिन् । ताजा अध्ययनका अनुसार पेराम्बुलेटरमा राखिने बच्चामा प्रदुषणको प्रभाव ठूला मानिसहरुको तुलनामा ६० प्रतिशत बढी रहन्छ ।
युनिभर्सिटी अफ सरेमा ‘ग्लोबल सेन्टर अफ क्लीन एयर रिसर्च’ का शोधकर्ताहरुले पेराम्बुलेटरमा बच्चा जमिनबाट ०.५५ मिटरदेखि ०.८६ मिटरको उचाईमा श्वास लिने गरेको तथ्य पत्ता लगाएका छन् । जमिनबाट १ मिटरको उचाईसम्म प्रदुषणको स्तर अत्यन्तै धेरै हुने गर्दछ । यसकारण नवजात शिशुहरुमा ठूला मानिसहरुको तुलनामा वायु प्रदुषणको ६० प्रतिशत बढी असर हुने गर्दछ ।
पेराम्बुलेटरको उचाई थोरै हुने भएका कारण सवारी साधनहरुबाट निकस्ने धुँवा सोझै उनीहरुसम्म पुग्दछ भने उनीहरुमा रोगसँग लड्ने क्षमतापनि कमजोर रहन्छ । यसै कारण प्रदुषित हावा नवजात शिशुको स्वास्थ्यका लागि बढी खतरनाक हुन्छ ।
विश्वभरीमा १० मा १ बच्चाको मृत्यु वायु प्रदुषणका कारण हुने गर्दछ । युनिसेफका अनुसार वायु प्रदुषणका कारण लाग्ने रोग र इन्फेक्सनबाट विश्वभरीमा वर्षेनी ६ वर्षभन्दा कम उमेरका झण्डै ६ लाख बालबालिकाहरु मृत्युको शिकार हुँदै आएको बीबीसीले जनाएको छ ।
https://www.bbc.com/hindi/science-45219055