site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
कप्तान पारस भन्छन्– एसिया कपको मौका खेर जान दिँदैनौं
Sarbottam CementSarbottam Cement

काठमाडौं । अगस्ट २० देखि सेप्टेम्बर ६ सम्म नेपाली क्रिकेट टिमका खेलाडी तथा प्राविधिक टोलीको निकै व्यस्त तालिका छ । यो व्यस्तता एसीसी एसिया कप छनोट खेलका लागि हो । 

अगस्ट २९ तारिखदेखि मलेसियामा छनोट खेल हुँदैछ र श्रीलंकामा अभ्यास खेल खेल्न नेपाली टोली आज (सोमबार) त्यसतर्फ प्रस्थान गरेको छ । यसअघि नेपाली क्रिकेट टिम विगत एक सातादेखि टियू क्रिकेट मैदानमा बन्द प्रशिक्षणमा थियो । श्रीलंका गएको नेपाली टोलीले त्यहाँका स्थानीय तीनवटा क्लबसँग अभ्यास खेल खेल्नेछ ।

श्रीलंकामा अभ्यासका लागि तीन खेलका लागि अगस्ट २२ देखि अगस्ट २६ तारिखसम्मको सेड्युल छुट्याइएको छ । श्रीलंकामा त्यहाँका माथिलो स्तरका क्लबसँग नेपालले प्रतिस्पर्धा गर्नेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

केही समय अगाडिमात्रै नेपालले नेदरल्यान्ड्ससँग ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलेर फर्किएको छ । नेदरल्यान्ड्समा भएको उक्त प्रतियोगितामा नेपाल पहिलो खेलमा ५५ रनले घरेलु टोलीसँग पराजित भएको थियो भने दोस्रो खेलमा नेपाल १ रनले विजयी हुँदै सिरिज एक—एकको बराबरीमा रोकिएको थियो ।

नेदरल्यान्ड्स टुरबाट फर्किएलगत्तै नेपाली क्रिकेट टिम एसिया कप छनोटको तयारीमा जुटेको थियो । यसैबीच नेपालले भारतबाट ब्याटिङ प्रशिक्षक ल्याएको छ ।
विगत २ वर्षदेखि नेपाल क्रिकेट संघ (क्यान) विवादमा आएपछि आईसीसीले निलम्बन गरेको  गरेको छ । यसका बाबजुद पनि नेपाली क्रिकेट टिमले एकपछि अर्को सफलता चुम्दै गएको छ । नेपाली क्रिकेटको सफलतालाई हेर्दा यो वर्ष अर्थात् सन् २०१८ लाई भाग्यशाली वर्ष मान्न सकिन्छ । 

Global Ime bank

वर्षको सुरुवातमै नेपालले नामिबियामा भएको डिभिजन टु को खेलमा उपविजेता बन्दै विश्वकप छनोट खेल खेल्ने अवसर पाएको थियो । विश्वकपमा छनोट हुन नसके पनि जिम्बाबेबाट नेपालले ४ वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पायो ।
सोमबार श्रीलंका जानुअघि कप्तान पारस खड्काले सबै घटनालाई सम्झँदै एसिया कप छनोटलाई सुनौलो अवसरका रुपमा मात्रै लिएनन्, त्यसलाई सक्दो सदुपयोग गर्ने वाचा पनि गरे । 

कप्तान खड्काले अवसर सधैं नआउने र पाएको मौकालाई सदुपयोग गर्ने बताए । नेपालले एसिया कप छनोटमा भिड्न लागेका टिम यसअघिकै परिचित टिम भएको भन्दै उनीहरुसँग रणनीतिक रुपमा खेल्नुपर्नेमा उनले जोड दिए । 

खड्काले भने, “हामीले राम्रोसँग उनीहरुका खेलाडीलाई चिनेका छौं भने उनीहरुले पनि हामीलाई चिनेका छन् । हामीले ट्याक्टिकल मुभले उनीहरुका खेलाडीलाई काउन्टर गर्छौं । खेलमा चुनौती छ तर, टिम यसका लागि तयार छ । हामीले प्रतियोगितामा राम्रो गरेर देखाउनेछौं ।”

छनोट खेलमा कुनै पनि टिमलाई कमजोर ठान्न नहुने उनले बताए । पारसले भने, “एसियामा भएका टिम प्रायः सबै ठिकै छन् । वर्ल्ड क्रिकेट लिग आफ्नो ठाउँमा छ । टिमको वरियता आफ्नो ठाउँमा छ । सबै टिममा राम्रो खेलाडी छन् ।”

नेपालका लागि एसिया कप छनोट खेलमा ओडीआई मान्यता प्राप्त राष्ट्र भएका कारणले एक किसिमको प्रेसरमा रहेको कप्तान खड्काले बताएका छन् । “खेलाडीहरु दिलोज्यानले लागेका छन् । विगत २—३ महिनादेखि लगातार अभ्यास खेलमै छौं । पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्यौं, अहिले एसिया कपको लागि अवसर पाएका छौं । आशा गरौं, अवसरको सदुपयोग गर्न सक्छौं,” उनले भने । वरियतामा एसिया कप छनोट खेल्ने अन्य राष्ट्रभन्दा युएई र नेपाल माथि छन् । त्यसको मतलब अरु सबै कमजोर भन्ने नभएको खड्काले बताए ।

नेपालमा सधैंजसो ब्याटिङलाई समस्या मान्दै आएको अवस्थामा कप्तान खड्का भने अब कुनै एक पक्ष ब्याटिङ या बलिङमात्रै राम्रो भएर खेल अगाडि बढाउन नसकिने बताउँछन् । उनले भने, “बलिङ, ब्याटिङ र अलराउन्डर सबै पक्ष समान रुपमा अगाडि बढाउनु पर्नेछ । अब एक पक्ष राम्रो भएर अगाडि बढ्न सकिँदैन ।”

एसिया कपमा छनोट हुने टिमले विश्व क्रिकेटका पावरहाउस मानिने भारत र पाकिस्तानसँग खेल्नेछन् । यो अवसर नेपालले पाउनेमा नेपाली क्रिकेट प्रशिक्षक जगत टमाटा विश्वस्त छन् । खेलाडी पनि आफ्नो भारत र पाकिस्तानसँग खेल्ने लक्ष्य पूरा हुनेमा आशावादी छन् ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०७५  ०४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC