विदेश
बेइजिङ । चीनका राष्ट्रपति सि चीन फिङ र मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदबीच भेटवार्ता भएको छ । चीन भ्रमणमा रहेका महाथिरले चीनको राजधानी बेइजिङमा सोमबार सीलाई भेट्नुभएको समाचारमा जनाइएको छ ।
भेटका क्रममा उनीहरुले आर्थिक समस्याबाट जुधिरहेको मलेसियालाई सहयोग गर्नेबारेमा छलफल गरेका थिए ।
चीनको औपचारिक भ्रमणमा रहनुभएका ९३ वर्षीय प्रधानमन्त्री महाथिरले यसअघि बेइजिङस्थित ग्रेटहल अफ द पिपुलमा चिनियाँ समकक्षी ली खछ्याङसँग संयुक्त पत्रकार सम्मेलन गरेका थिए ।
महाथिरले विशेष कृषि उत्पादन मलेसियाबाट खरिद गर्न चीनले सहमति जनाएको सो अवसरमा जानकारी दिए । रासस
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०७५ ०८:१६
प्रतिक्रिया दिनुहोस्