site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रोनाल्डो, सलाह र मोड्रिक कसले जित्लान् युरोपको उत्कृष्ट फुटबलर अवार्ड ?
Sarbottam CementSarbottam Cement

एजेन्सी । युरोपको उत्कृष्ट फुटबलर पुरुषतर्फ तीन खेलाडीको नाम मनोनयनमा परेको छ । मनोनयनमा पर्नेमा युभेन्टस पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो, रियल मड्रिडका क्रोएसिया कप्तान लुका मोड्रिक र लीभरपुल इजिप्टका फरवार्ड मोहमद सलाह रहेका छन् ।
मोड्रिक र रोनाल्डोले रियल मड्रिडबाट च्याम्पियन्स लिग जिताएका थिए भने सलाहले लिभरपुललाई च्याम्पियन्स लिगको फाइनल पुग्न मद्दत गरेका थिए ।

यो सिजनमा युभेन्टसमा आवद्ध भएका रोनाल्डोले १३ च्याम्पियन्स लिगका खेलमा १५ गोल गरेका छन् । त्यस्तै, सलाहले १५ खेलमा ११ गोल गरेका छन् । मोड्रिकले धेरै गोल नगरेपनि च्याम्पियन्स लिगमा रियल मड्रिडलाई फाइनल पुर्याउन र जित दिलाउन महत्वपूर्ण भूमिका निभाएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि दुई पटकको अवार्ड विजेता लियोनल मेस्सी यसवर्ष मनोनयनमा परेका मध्ये ५ औं खेलाडीमै सिमित रहे । एन्टोइनी ग्रिजम्यान, किलियन एमबाप्पे, इडन हजार्ड सर्जियो रामोस लगायतका खेलाडी पनि मुख्य तीन खेलाडीमा पर्न सकेनन् ।

तीन खेलाडीको सुची च्याम्पियन्स लिग र युरोपा लिगको समुह चरणमा छनौट भएका ८० प्रशिक्षक र युरोपियन खेलकुद मिडिया समुहले छानेका ५५ खेल पत्रकारको गोप्य मतबाट छानेका थिए । प्रशिक्षक र पत्रकारहरुले पहिलोलाई ५ दोस्रोलाई ३ र तेस्रो स्थानको खेलाडीलाई एक अंक दिएका थिए ।

Global Ime bank

विजेताको घोषणा भने अगस्ट ३० मा च्याम्पियन्स लिगको समूह चरण सुरुहुँदा गरिनेछ ।   
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०७५  ०८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC