काठमाडौं । ‘रोजी’ बाट ‘रोज’ मा परिणत भएको नेपाली कथानक चलचित्र ‘रोज’को प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण युनिट देश दौडाहामा निष्किन लागेको छ ।
प्रदीप खड्का स्टारर टुरमा संवाददाता सम्मेलन र सांगीतिक कन्सर्ट हुनेछन् । मोफसलको ठूलो चलचित्र बजार पोखरादेखि दौडाहा थालनी हुनेछ । १४ भदौमा मिडटाउन ग्यालरी अगाडि टीम ‘रोज’ले प्रस्तुति दिनेछ । भदौ १५ मा औद्योगिक नगरी बुटवलमा कन्सर्ट हुनेछ ।
१६ भदौ नारायणगढ, १७ भदौ इटहरी र धरान, १८ भदौ दमक र बिर्तामोड र २० भदौमा राजधानी काठमाडौंमा कन्सर्ट हुनेछ । मोफसलमा हुने कन्सर्ट टुरमा अभिनेता खड्का र नेपाल आइडल फेम्ड प्रताप दास हुनेछन् । क्राइम थ्रिलर ड्रामाले आगामी विहीबार ट्रेलर लञ्च गर्दैछ ।
नीरक पौडेल निर्देशित चलचित्र २२ भदौमा देशव्यापी प्रदर्शन हुनेछ ।