site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपालले पदक आशा गरेको तेक्वान्दो मंगलबारसम्म पदकविहीन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । १८ औं एसियाली खेलकुद प्रतियोगिताको मंगलबार महिलातर्फको तेक्वान्दो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । नेपालकी ज्ञानी चुनारा फिलिपिन्सकी लोपेज पाउलिन लोइनसँग २०–० को फराकिलो अन्तरले पराजित भएकी हुन् ।
योसँगै तेक्वान्दोमा नेपाल तेस्रो दिन पनि पदकविहीन बनेको छ । त्यसअघि ज्ञानीले पहिलो चरणमा भुटानकी छोदेन किन्जाङलाई २८–६ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेकी थिइन् ।
त्यस्तै, महिला ६७ केजीमाथिको पहिलो चरणमा ओलम्पियन निशा रावललाई चीनकी गाउ पानले २२–६ ले पराजित गरिन् । यता, तेक्वान्दोकै पुरुष ८० केजीमाथि अनोज पुजारी पहिलो चरणमै पराजित भएका छन् । काजाकिस्तानका झापारोभ रुसलानले अनोजमाथि २१–० को सहज जित हात पारे ।
नेपालले जकार्तामा पदकको आशा गरेको तेक्वान्दो लगातार निराजनक नतिजा आउन थालेको छ । नेपालले एसियन गेम्सको इतिहासमा अहिलेसम्म सर्वाधिक पदक ल्याएको तेक्वान्दोमा १ रजत पदकसहित १३ वटा कास्य पदक जितेको छ ।
बुधबार नेपालका दुई पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । भुपेन्द्र श्रेष्ठले पुरुष ८० केजीमुनि तथा वीरबहादुर महराले ६३ केजीमुनि तौल समूहमा खेल्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०७५  १३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC