site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बायोग्यास पाइपलाइन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने– अब सिलिन्डर बोकेर हिँड्नुपर्दैन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

विराटनगर, रासस । प्रधानमन्त्री केपी शर्मा ओलीले बायोग्यासबाट पाइपलाइनमार्फत घरघरमा ग्यास आपूर्ति गर्ने कार्यको उद्घाटन गरेका छन् । विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौसेवा सदनमा स्थापना गरिएको २०० घनमिटर क्षमताको बायोग्यास प्लान्टबाट निस्केको ग्यास पाइपलाइनबाट पहिलो चरणमा नजिकका ३२ घरमा ग्यास वितरण गरिएको छ । अघिल्लो पटकको कार्यकालमा प्रधानमन्त्री ओलीले घरघरमा ग्यास लगिने प्रतिबद्धता व्यक्त गरेका थिए । 
सो अवसरमा प्रधानमन्त्री ओलीले सानो क्षमताको भए पनि सो परियोजना नेपाललाई ऊर्जामा आत्मनिर्भरताका साथ समृद्धिको यात्राको थालनी भएको उल्लेख गर्दै यसलाई मुलुकभर विस्तार गर्दै लैजानुपर्नेमा जोड दिए । उनले भने, “आज यहाँका ३२ घरका जनतालाई काँधमा सिलिण्डर बोकेर हिँड्नुपर्ने अवस्थाको अन्त्य भएको छ । सिलिण्डरको बिदाइ भएको छ । यसलाई अभियानकै रुपमा देशैभर विस्तार गरी ऊर्जामा आत्मनिर्भर बन्नु अबको आवश्यकता हो ।” 

बायोग्यासबाट उत्पादित ग्यास एलपिजीभन्दा २० प्रतिशत सस्तो हुनाका साथै जोखिमरहित, वातावरणमैत्री र यसबाट प्राङ्गारिक मल निस्कने तथा त्यसले रासायनिक मल पनि प्रतिस्थापन गर्ने भएकाले सो प्रविधिलाई सरकारले प्रोत्साहन गर्ने प्रधानमन्त्री ओलीले बताए । उनले गौसेवा सदनको हाताभित्र एक मेगावाटको सौर्य प्रणाली राख्न सकिने धारणा पनि राखे । 
“अब पनि समस्या छ भनेर बस्ने अवस्था छैन, समस्यालाई सम्पत्तिका रुपमा उपयोग गर्नुपर्छ, आवश्यकता, दृष्टिकोण र प्रतिबद्धताले नै अगाडि बढ्न सकिन्छ”, प्रधानमन्त्रीले भने । प्राकृतिक स्रोतसाधनले सम्पन्न नेपालले त्यसको अधिकतम उपयोगबाट दुनियाँले नपत्याउने गरी छोटो समयमै विकासमा ठूलो फड्को मार्न सकिने बताउँदै उनले बढ्दो व्यापार घाटा कम गर्ने, आयात प्रतिस्थापन गर्ने, रोजगारी सिर्जना गर्ने र आत्मनिर्भर हुने क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे । 
सो अवसरमा प्रधामन्त्रीले उक्त बायोग्यास प्लाण्टको निरीक्षण गर्नाका साथै प्लाण्ट स्थापना गर्न सहयोग पु¥याउने विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलाई सम्मानपत्र प्रदान गरे । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले खाना पकाउने ग्यासको आयात गर्न वर्षमा रु ३८ अर्ब, सवारीसाधन चलाउन डिजेल–पेटो«ल रु दुई खर्ब र विद्युत् आयात रु १८ अर्बको गर्नुपरेको तथा यसले रु ११ खर्बको व्यापार घाटा बढाएको तथ्याङ्क प्रस्तुत गर्दै यसलाई कम गर्नका लागि ऊर्जामा आत्मनिर्भर बन्न यस्ता परियोजना निकै उपयोगी हुने धारणा राखे । 

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कावा कार्यकारी निर्देशक नवराज ढकालले ठूला क्षमताका वायोग्यास प्लाण्टबाट आयातीत इन्धन र रासायनिक मल प्रतिस्थापन गर्न सकिने उदाहरण यसखालका परियोजनाबाट पुष्टि भएको बताउँदै नवीकरणीय ऊर्जा प्रविधिको विकास र विस्तारले समृद्ध नेपाल र सुखी नेपाली नारा पूरा गर्न सकिने धारणा राखे । 
गौसेवा सदनका अध्यक्ष शंकरराज अग्रवालले गौशालामा रहेका २०५ गाईको गोबरबाट ग्यास र जैविक मल उत्पादन गरी देशकै नमूना परियोजना निर्माण गर्न पाएकामा खुशी व्यक्त गर्दै आगामी दिनमा यसलाई अझ विस्तार गर्न सरकार, दातृ निकाय र स्थानीय सरकारको सहयोगको अपेक्षा गरे । 
विश्व बैंकका राष्ट्रिय प्रबन्धक फेरिस एच हदाद जर्भोले नेपालको ऊर्जा क्षेत्रमा विश्व बैंकले निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले यस किसिमका बायोग्यास परियोजनाले आयातीत इन्धनको निर्भरता कम गर्न सक्ने बताए । कार्यक्रममा मन्त्रीद्वय लालबाबु पण्डित र भानुभक्त ढकाल, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश नं १ का मन्त्री तथा सांसद उपस्थित थिए । 
कूल रु एक करोड ५० लाखको लागतमा निर्माण भएको सो प्लान्ट जडान गर्न विश्व बैंक तथा ऊर्जा प्रवद्र्धन केन्द्रबाट ७४ प्रतिशत, विराटनगर महानगरपालिकाबाट ११ प्रतिशत र गौसेवा सदनबाट १५ प्रतिशतको लगानी छ । नेपाल इनर्जी विकास कम्पनी प्रालिले निर्माण गरेको सो प्लाण्टबाट केही दिन अगाडि नै उपभोक्ताले परीक्षणका रुपमा ग्यास प्रयोग गर्न थालेका थिए । छिट्टै सो प्लान्टबाट सय घरधुरीमा पाइपलाइन विस्तार गरिने जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०७५  १६:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC