site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
विदेशबाटै नेपालमा चल्ने गाडीको टिकट काट्न सकिने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपालमा अनलाईनबाट बस टिकट बिक्री गर्दै आएको बससेवा डटकम र थाइल्यान्डको ट्राभल कम्पनी टुवेल्भ गो गु्रपबीच अनलाइन बस टिकट विक्री गर्ने विषयमा सम्झौता भएको छ । सम्झौतासँगै टुवेल्भ गो गु्रपको उपस्थिती रहेका सबै मुलुकबाट नेपालका अधिकांश गन्तव्यको बस टिकट अनलाइनबाटै काट्न मिल्ने भएको हो ।

सम्झौतापत्रमा बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पीआर खनाल र टुवेल्भ गो गु्रपका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत एलेक्सी एबोलमासोभले हस्ताक्षर गरे ।
सम्झौतासँगै टुवेल्भ गो गु्रपको सेवा रहेका थाइल्यान्ड, भारत, मलेसिया, सिंगापुर भियतनाम, फिलिपिन्स्, कम्बोडिया, लाओस, म्यानमार लगायत देशबाट नेपालका विभिन्न गन्तव्यको टिकट काट्न सकिने भएको हो ।

यो सम्झौताबाट ती मुलुकमा रहेका नेपाली र नेपाल घुम्न आउने पर्यटकले विदेशबाटै यहाँको टिकट काट्न सक्ने भएका हुन् ।  सम्झौतापछि बससेवा डटकमका सिइओ पीआर खनालले नेपालको पर्यटन विकासको लागि यो सम्झौता महत्वपूर्ण हुने बताए । बससेवा डटकम नेपालको एकमात्र अनलाइन बस टिकटिङ माध्यम हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०७५  १७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC