साहित्य
काठमाडौं । गायक हेमन्त शर्माको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘मायाँ पिरती...’ बोलको सार्वजनिक गीतमा शब्द मणिराज बस्नेतको रहेको छ भने संगीत बिबि अनुरागीले भरेका छन् ।
सार्वजनिक गीतको म्यूजिक भिडियोमा अभिनेत्री आँचल शर्मा र अभिनेता आकाश श्रेष्ठलाई जोडीका रुपमा देखिएको छ । भिडियोमा गायक शर्माले पनि अभिनय गरेका छन् ।
बुद्ध थापाले खिचेको म्यूजिक भिडियो बिकास धमलाले सम्पादन गरेका छन् । निकेश खड्काले म्यूजिक भिडियो निर्देशन गरेका हुन् ।
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०७५ १८:२३
प्रतिक्रिया दिनुहोस्