site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिले नेपाल राष्ट्र बैंकलाई वित्तीय क्षेत्रको पछिल्लो विवरण ७ दिनभित्र बुझाउन निर्देशन दिएको छ । समितिले लामो अवधिको लगानी सुनिश्चितताका लागि लामो अवधिको लगानीयोग्य साधन परिचालन गर्ने योजना र आधार, तरलता समस्या आउन नदिन नेपाल राष्ट्र बैंकले बनाएको योजनालगायत विभिन्न विवरण बुझाउन निर्देशन दिएको हो ।

समितिले राष्ट्र बैंकसँग मागेको अन्य विवरण यसप्रकार रहेका छन् ।

– बैंक तथा वित्तीय संस्थाको विगत ५ वर्षको निक्षेप, कर्जा, नाफा–नोक्सान, तरलता, पुँजीकोष र वित्तीय अवस्थाको तुलनात्मक विवरण

Prabhu Bank
Agni Group
NIC Asia

– निक्षेप र कर्जाको औसत अवधिको विवरण

– संघ, प्रदेश र स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति, नागरिकको पहुँच, अवस्था र सबै स्थानीय तहमा पुर्याउने समयको सीमासहितकाृ योजना,

Global Ime bank

– वित्तीय क्षेत्र सुधार कार्यक्रमको पछिल्लो अवस्था र त्यसले पारेको प्रभाव

– मर्जर, एक्विजिसन को नीति कार्यान्वयनपश्चात् बैंक तथा वित्तीय संस्थामा देखा परेका असर र प्रभाव

– बैंक तथा वित्तीय संस्थाले संस्थागत सुशासन । संस्थागत सामासजक उत्तरदायित्व बहन गर्न गरेका प्रयास र उपलब्धि

– विगत ५ वर्षको मौद्रिक नीतिका प्रमुख व्यवस्था कार्यान्वयनको अवस्था

– नेपाल राष्ट्र बैंकले पहिचान गरेका समस्याग्रस्त बैंक तथा वित्तीय संस्था, सुधारका लागि दिइएका निर्देशन, भएका कारवाही र वर्तमान अवस्था

–समितिले विगतमा बैठकका निर्णयबाट दिइएका निर्देशन कार्यान्वयनको अवस्था

– वित्तीय क्षेत्रको समस्या, समास्या समाधानका लागि राष्ट्र बैंकको दृष्टिकोण र मौद्रिक नीतिको कार्यान्वयन अवस्था

– विपन्न वर्ग कर्जा, वास्तविक विपन्नहरुले कम लागतमा उपयोग गर्न सक्ने अवस्थाको लागि गरिएको प्रयास
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०७५  १८:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC