site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
आफ्नै देशको स्वास्थ्य क्षेत्रसँग किन असन्तुष्टि जनाउँदैछन् किम ?
Sarbottam CementSarbottam Cement

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले देशको स्वास्थ्य क्षेत्रमा ठूलो सुधार ल्याउन आवश्यक रहेको भन्दै असन्तुष्टि जनाइरहेको राष्ट्रिय संचार केसिएनएले उल्लेख गरेको छ । पछिल्लो समय आणविक हतियार कार्यक्रम बन्द गराइ आर्थिक विकासमा केन्द्रित भएका किम विभिन्न उद्योग लगायतका क्षेत्रहरुको प्रत्यक्ष निरीक्षण गरिरहेका छन् । त्यसै क्रममा मंगलबार उनले उत्तरी प्योङयोङको म्योहाङसान स्वास्थ्य उद्योगकको भ्रमण गरि यस्तो प्रतिक्रिया दिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । 

सो भ्रमणपछि उनले त्यहाँ आधुनिक प्रणालीको कमी रहेको प्रष्टै देखिने भन्दै कडा आलोचना गरेका हुन् । उनले भनेका छन् , ‘स्वास्थ्य क्षेत्रमा हामीले गर्व गर्न लायक कुनै उपलब्धि हासिल भएको छैन ।’ यति भन्दै किमले विशेषगरी घरेलु उत्पादन र आधुनिकीकरणमा सुधार ल्याउने लक्ष्यलाई पूरा गर्न आफूले व्यक्तिगत ध्यान दिने वचन दिएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी उनले साम्जियोन स्थित चिनियाँ सिमाना नजिक चलिरहेको रेलवेको कामसँग पनि आफू खुसी नरहेको बताएका हुन् । त्यहाँका कामदारले पर्याप्त प्रयास नगरिरहेको भन्दै उनले यसअघि नै असन्तुष्टि जनाएका थिए । चिनियाँ सिमानासँग जोडिएको उक्त रेलवेको निर्माण कार्य अर्को वर्ष सम्पन्न हुने बताइएको छ । यसका साथै उनले सो क्षेत्रमा राम्रो सडक, दुर्घटनारहित निर्माण कार्य र विद्युतको उत्पादन वृद्धिमा पनि विशेष ध्यान दिन आग्रह गरेको बताइएको छ । 

गत वर्ष अमेरिकासम्म पुग्न सक्ने ब्यालिस्टिक मिसाइलको सफल परीक्षण गरेदेखि किमले आणविक कार्यक्रममा कुनै संलग्नता जनाएका छैनन् । त्यसपछि गत जुनमा राष्ट्रपति ट्रम्पसँग भएको ऐतिहासिक सम्मेलनमा उनले कोरियाली प्रायद्विपलाई निशस्त्रीकरण गर्ने प्रतिबद्धता जनाएका हुन् । यसकारण पनि सो सम्झौतालाई पूरा गर्न भन्दै केबल देशको आर्थिक सम्वृद्धिमा मात्र केन्द्रित भइरहेको बताइएको छ । 

Global Ime bank

यस्तोमा आफूले अणविक हतियार त्याग गरि विश्व शान्तिका निम्ति उल्लेखनीय कदम उठाइरहेपनि अन्तराष्ट्रिय समुदायले उत्तर कोरियामाथिको प्रतिबन्ध नहटाएको प्योङयोङको गुनासो छ । 

वनसाङको भ्रमणका क्रममा पनि किमले प्रतिबन्धका कारण आवश्यक सामग्रीहरुको अभावमा कामदारहरु ‘गर या मर’ को स्थितिमा रहेको भन्दै असन्तुष्टि जनाएका हुन् । उत्तर कोरियालाई आणविक मिसाइल कार्यक्रम त्याग गराउनकै लागि संयुक्त राष्ट्र संघले यसअघि कोइला, फलाम, लिड, लगायतका निर्माणधीन सामग्रीहरुमा प्रतिबन्ध लगाएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ६, २०७५  ०५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC