site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
मलेसियामा हराएको खतरनाक रेडियोएक्टिभ डिभाइसको खोजी 
Sarbottam CementSarbottam Cement

बीबीसी । मलेसियामा अहिले हराइरहेको खतरनाक रेडियोएक्टिभ डिभाइसको खोजी भइरहेको छ । सम्बन्धित निकायका अनुसार उक्त रेडियोएक्टिभ डिभाइस गलत तरिकाले निस्क्रिय गरिए त्यसबाट हानिकारक पदार्थ बाहिर निस्किन सक्नेछ । यति मात्र नभएर गलत हातमा परे सो डिभाइस खतरनाक हतियारमा समेत परिणत गराइन सक्ने बताइएको हो । 

तर उपकरण हराएपनि सर्वसाधारणलाई चिन्ता नलिन आग्रह गर्दै उप–गृहमन्त्री अजिस जमनले सबै नियन्त्रणमै रहेको दाबी गरिरहेका छन् । हराएको सो वस्तु औद्योगिक रेडियोग्राफीमा प्रयोग हुने गरेको बताइएको छ । त्यसले तेल, ग्यास र अन्य ठूला उद्योगहरुमा निरीक्षण गर्ने गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

२३ केजीको त्यो ठूलो मेटल ट्युबमा ह्यान्डल पनि रहेको र त्यसले धातुहरुमा चर्किएको ठाउँ पत्ता लगाउने गरेको बताइएको छ ।  तरपनि त्यसमा ‘रेडियोएक्टिभ आइसोटप इरिडियम–१९२’ रहेको हुँदा यसले विकिरणहरु फैलाउन सक्ने र विस्फोटक पदार्थसँग मिलाएर खतरनाक हतियारमा समेत परिणत हुन सक्ने भएकाले यसबारे चिन्ता व्यक्त गरिएको छ । 

अन्तर्राष्ट्रिय आणविक ऊर्जा आयोगका अनुसार भने इरिडियम–१९२ ले केही मिनेटदेखि केही घण्टामै स्थायी रुपमा चोट पुर्याउन सक्छ र थोरै दिनसम्मका लागि नजिक राखे मात्र पनि जोखिमयुक्त साबित हुने गरेको छ ।  पुलिस र स्थानीय मिडियाले सो उपकरण एउटा ट्रकबाट क्वालालम्पुर ल्याउँदै गर्दा हराएको जानकारी दिएका हुन् । यसमा संलग्न दुई ट्रक चालकहरुसँग अहिले पुलिसले सोधपुछ गरिरहेको छ । 

Global Ime bank

यसको चोरी भएको वा कतै खसेको हुन सक्ने अनुमान गरिएको छ । त्यसैकारण अहिले पुलिसले कुनै थप जानकारी बिना नै यसको खोजी र यसबारे अनुसन्धान गरिरहेको बताएको छ । 

https://www.bbc.com/news/world-asia-45255181

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ६, २०७५  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC