site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ट्रम्पले उत्तर कोरियाली शासक किमसँग फेरि भेट्ने 
Sarbottam CementSarbottam Cement

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार उत्तर कोरियाली नेता किम जोङ उनसँग फेरि भेट्ने सम्भावना अधिक रहेको उल्लेख गरेका छन् । आफूले अझैपनि प्योङयोङलाई आणविक हतियार त्याग गराउन वार्ताको प्रयास जारी राख्ने भन्दै उनले यस्तो बयान दिएका हुन् ।

यसअघि सिंगापूरमा भएको सम्मेलनमा पहिलोपटक उत्तर कोरियाली नेतासँग प्रत्यक्ष भेट गरि इतिहास रचेका ट्रम्पले सोमबार समाचार एजेन्सी रोयटर्ससँगको अन्तर्वार्तामा उत्तर कोरियाले निशस्त्रीकरणतर्फको बाटो अपनाइसकेको दाबी गरेका हुन् । 

यसबारे सबैले शंका व्यक्त गरिरहेपनि किमले आफ्नो प्रतिबद्धता पूरा गरेरै छाड्ने अमेरिकाको विश्वास रहेको उनले बताए । उत्तर कोरिया सम्बन्धी सकारात्मक टिप्पणी मात्र दिइरहँदा उनले चीनले चाहिँ यस विषयमा कुनै मद्दत नगरेको गुनासो गरेका हुन् । 
व्यापारिक मुद्दाका कारण चीन उल्टै उत्तर कोरिया र अमेरिकाबीचको सम्झौतामा बाधक बनेको उनको आरोप छ ।

Prabhu Bank
Agni Group
NIC Asia

२०१७ को सुरुवातमा राष्ट्रपति पद सम्हालेदेखि नै उत्तर कोरियाको विषय ट्रम्पका निम्ति सबैभन्दा ठूलो चुनौति रहँदै आएको छ । 

यसमा ह्वाइटहाउसको तीस वर्षदेखिको प्रयास विफल भइरहेको थियो तर ट्रम्पले भने पूर्व प्रशासनहरु भन्दा भिन्दै नीति अपनाएर एक वर्ष मै बिना शर्त किमसँग भेट गर्न तयार भइ सबैलाई आश्चर्यमा पारेका हुन् । 
यसबारे उनले भने, ‘मैले उत्तर कोरियाको आणविक परीक्षण रोकाएँ, अहिले कुनै मिसाइल परीक्षण भएको छैन । तर जापान अझै त्रसित छ । अब के हुन्छ सबैलाई पछि नै थाहा हुनेछ ।’

Global Ime bank

सिंगापूरको सम्मेलनमा किमले कोरियाली प्रायद्विपलाई हतियार मुक्त बनाउने सम्बन्धी सहमति जनाएपनि उत्तर कोरियाको तर्फबाट ट्रम्प प्रशासनले माग गरे अनुसार कुनै प्रगति नदेखिएको बताइन्छ । 

तर यसका बावजुद ट्रम्पले सिंगापूरको सम्मेलन सफल रहेको दाबी गर्ने गरेका छन् । दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले पनि मंगलबार ट्रम्पले किमसँग पुनः भेट गर्ने उल्लेख गर्नु दुवै देशबीचको सम्बन्धमा सकारात्मक परिवर्तन आइरहेको संकेत भएको बताउँदै खुसी व्यक्त गरेको हो । 

उता अन्र्तवार्तामा फेरिपनि किमको प्रशंसा गर्दै ट्रम्पले भनेका छन्, ‘मलाई उनी मनपर्छ र उनले पनि मलाई मन पराउँछन् । अहिले कुनै मिसाइल लन्च भएका छैनन् र सबैतिर शान्तिमय वातावरण छ । अध्यक्ष किमसँग मेरो अत्यन्तै राम्रो व्यक्तिगत सम्बन्ध छ र यसले पनि हामीलाई एकसाथ राखिरहने छ ।’ 

उनीसँग फेरि भेट्नेबारे आफू निश्चित भएपनि समय र स्थानबारे भने कुनै जानकारी नदिने ट्रम्पले बताएका हुन् । यसका साथै उनले उत्तर कोरियाली जेलमा कैद तीन अमेरिकीहरुको रिहाइ, आणविक परीक्षण स्थल नष्ट गरिएको र अमेरिकी सेनाको अवशेष फिर्ता गरिएको तर्फ केन्द्रित गर्दै उत्तर कोरियाले बिस्तारै आफ्ना वचन पूरा गरिरहेको बताएका हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ६, २०७५  ०६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय