site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नेपाल स्रष्टा समाजद्वारा विभिन्न सम्मानहरूको घोषणा
Sarbottam CementSarbottam Cement

काठमाडौँ । नेपाल स्रष्टा समाजले तीनवटा सम्मानहरू भदौ ३० गते समाजको साधारण सभा सम्पन्न हुने दिन मै एक बेग्लै  र विशेष समारोहका बीच प्रदान गर्ने निर्णय गरेको छ । 

सुभद्रा–विश्वराज स्रष्टा सम्मान यस वर्ष शास्त्रीय शैलीमा साहित्य रचना गर्ने तथा पर्याप्त मात्रामा साहित्य साधना भए तापनि अपेक्षित रूपमा ओझेलमा परेका साहित्यकार स्व. नारायणदत्त शास्त्रीलाई मरणोपरान्त प्रदान गरिने समाजले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान लामो समयसम्म साहित्य र सञ्चारका क्षेत्रमा सक्रिय रहेकी सिर्जना शर्मालाई प्रदान गरिने छ । यसैगरी प्रसिद्ध कँडेल स्मृति युवा स्रष्टा सम्मान समकालीन पुस्ताका प्रखर युवा कवि रमेश शुभेच्छुलाई प्रदान गरिने भएको छ । 
प्रत्येक वर्ष प्रदान गरिने यी तीनवटै सम्मानहरू सम्मानपत्रसहित नगद रू. ११,१११– (एघार हजार एक सय एघार) राशिका छन् । 

सुभद्रा–विश्वराज स्रष्टा सम्मान गत वर्षबाट प्रदान गर्न सुरु गरिएको हो भने दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान र प्रसिद्ध कँडेल स्मृति युवा स्रष्टा सम्मान यस वर्षबाट प्रदान गर्न लागिएको हो । सोही समारोहमा केही कृतिहरूको लोकार्पणसमेत गरिने समाजले बताएको छ । 
नेपाल स्रष्टा समाजले स्थापना गरेका योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान  र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान गत साउन सात गते क्रमशः नीलम कार्की निहारिका र ज्ञानमणि नेपाललाई प्रदान गरिएको थियो । 

Global Ime bank

नेपाल स्रष्टा समाजले आफ्नो स्थापनाको दशौँ वर्ष यसै वर्ष सम्पन्न गरेको छ । हाल समाजमा देशभित्र र बाहिर गरी एक सय साठी जना विभिन्न प्रकारका सदस्यहरू रहेका छन् । ३० गते हुने साधारण सभामा नयाँ कार्यसमितिको निर्वाचनसमेत हुने समाजका अध्यक्ष पवन आलोकले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ६, २०७५  ०६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC