अर्थ व्यवसाय

पाटाद्वारा ‘लङ डिस्टेन्स एन्ड ग्लोबल लिडरशीप’ शीर्षकमा कार्यशाला गोष्ठी सम्पन्न

काठमाडौं । प्यासाफिक एसिया ट्राभल एसोसियसन (पाटा) नेपाल च्याप्टरले ‘लङ डिस्टेन्स एन्ड ग्लोबल लिडरशीप’ शीर्षकमा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । कार्यक्रममा होटल व्यवसायी, एअरलाइन्स, ट्राभल एजेन्सी, टुर अपरेटरर्स, मिडिया विद्यार्थी र अन्य सरोकारवालासहित करिब १४५ जनाले सहभागिता जनाए ।  
कार्यक्रममा प्रशिक्षकको रुपमा पाटा नेपालले स्विजरल्यान्डका प्रतिष्ठित विज्ञ डानियल चुडीलाई आमन्त्रण गरेको हो । विज्ञ चुडी हस्पिटालिटी क्षेत्रको विविध विधामा विशेष गरि साँस्कृतिक मूल्य, मान्यता र विविधताको विषयमा एक प्रखर वक्ता, सल्लाहकार र प्रचारकको रुपमा प्रतिष्ठित ब्यक्तित्व हुन् । 
कार्यक्रमको उद्घाटनको क्रममा पाटा नेपालका कार्यकारी प्रबन्धक सुरेश सिंह बुडालले पाटाले नेपाली पर्यटन क्षेत्रमा मानव संशाधनको विकास र विस्तार गर्ने अभियान अन्तरगत यो कार्यशाला गोष्ठी आयोजना गरेको बताए । 
पाटा नेपालका अध्यक्ष सुमन पाण्डेले पर्यटन व्यवसाय एउटा विश्वव्यापी उद्योग र विविध स्रोत, साधन र संस्कृतीसँगको अन्तरक्रिया र पारस्पारिक सम्बन्धले जोडिएको विषय भएकाले यो कार्यशाला गोष्ठी नेपाली पर्यटन व्यवसायी तथा सरोकारवालाको लागि आवश्यक र महत्वपूर्ण रहेको बताए । 
 

तपाईंको मत