व्यवसायमा दिवाकरजति ‘एग्रेसिभ’ मान्छे मैले देखेको छैन

व्यवसायमा दिवाकरजति ‘एग्रेसिभ’ मान्छे मैले देखेको छैन

दिवाकर साँच्चै नै आँटिला व्यक्ति थिए । उनी  एउटा व्यापारी मात्र थिएनन् मेरो अभिन्न मित्र र शुभचन्तिक पनि हुन् । १९९९ मा म नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष हुँदा दिवाकर उपाध्यक्ष थिए । उद्यमीको रुपमा नेपालको अर्थतन्त्रमा उनको योगदान अद्वितीय छ । केही बोल्दा वा सुरु गर्दा ऊ पर्याप्त गृहकार्य गर्दथे । राष्ट्रले एकदमै ठूलो र प्रतिभावान व्यवसायी गुमाएको हो ।

महासंघको अध्यक्ष हुनुपूर्व कुनै न कुनै अर्थमा चिनजान थियो उनीसँग । उमेरले मभन्दा सिनियर हुन् । आफ्नो व्यवसायमा ऊ यति ध्यानकेन्द्रित थियो कि महासंघमा धेरै समय दिन नसकेपनि ठोस सुझाव दिन्थे । थोरै रिसालु भएपनि निडर थिए  । मन्त्री वा सरकारी कर्मचारीका अगाडि मुख चपाएर बोल्दैनथे ।

एकदमै ट्राभल गर्नुपर्ने व्यक्ति हुन् । आवश्यक परेको बेला जस्तुसकै अवस्थामा पनि समय निकाल्न सक्थे । उनी व्यापारी होइन, उद्यमी थिए ।  केही काम गर्दा केही तयारी गर्दथे । गोल्छा अर्गनाइजेसको मुख्य खम्बा नै उनी थिए । आफू उपाध्यक्ष भएका कारण नितान्त महासंघको मात्र नभएर आफ्नो कुरा राख्ने क्षमता राख्दथे । हामी मोखिक बोल्दथ्यौं, उनी आधारसहित आफ्ना धारणा राख्थे । 

उनी एकदमै प्रेजेन्टेबल मान्छे हुन् । वेल ड्रेस्ड र स्मार्ट व्यक्ति । भाषामा राम्रो कमान्ड थियो । निकै राम्रो नेपाली र उत्तिकै राम्रो अंग्रजी बोल्थे । गोल्छा अर्गनाइजेसनको इन्स्ट्रुमेन्टल व्यक्तित्व नै हुन्  । उनैका कारण हाम्रो बिचार हामी दमदार तरिकाले राख्न सक्थ्यौं ।

हामी प्रतिस्पर्धी थिएनौं । संस्थाको कुर्सिमा बस्दा उद्यमीका लागि लड्थ्यौं । उनले मलाई धेरै साथ दिए  । म अध्यक्ष हुँदा उनको साथ ठूलो छ । तर, केही कारणले गर्दा उनलाई अध्यक्ष बनाउन सकिएन । हाम्रो सोच एउटै थियो । त्यहीकारण हामी एक थियौं । आफ्नै व्यस्तताका कारण उनले केही समय दिन पाएनन् । हामी ठाउँठाउँ जान्थ्यौं । उनलाई रवाफ देखाउन आउँदैन थियो ।

तर, चाँडै रिसाउने र नसोचि बोलिदिने उसको बानी थियो । उसले सञ्चालन गरेका उद्योग स्थानीय कच्चा पदार्थ उपयोग गर्ने किसिमका थिए । निर्यात गर्ने किसिमका उत्पादन उनी गर्दथे । हामी सानो उत्पादन गर्दथ्यौं भने ऊ ठूलो मात्रामा उत्पादन गर्न डराउँदैन थिए ।

अरुमा निर्भरता हुन नहुने कुरा उनीबाट सिक्न सकिन्छ । व्यवसायमा मैले दिवाकर जति एग्रेसिभ मान्छे मारवाडी समुदायमा देखेको छैन । यो कुरा सबैले सिक्नुुपर्छ । गोल्छा अर्गनाइजेसनले १७ हजारभन्दा बढीले रोजगारी दिँदै आएको दाबी गर्ने गरेको छ । आयातलाई प्रतिस्थापन गर्ने किसिमको उत्पादनमा उसको जोड थियो । हुलास स्टिलको भाँडा नेपालको निर्यातयोग्य सबैभन्दा उत्तम वस्तु थियो ।

देशमा रोजगारी सिर्जनाबारे नै सोच्थे । यो चानचुने व्यवसायीले गर्न सक्दैन । दौडने मान्छे लड्छ । तर फेरि उठेर हिँड्न मुस्किल हुन्छ । उनी उठेर पनि फेरि दौडन सक्ने मान्छे थिए ।  न झुक्ने न भुक्ने मान्छे थियो । परेको अवस्थामा दायाँवायाँ नसोचि बोलिदिन्थे।

कुनै कुरा राख्दा लजिकल रुपमा राख्थे । उनी गोल्छा अर्गनाइजेनसको मुख्य आर्किटेक्ट हुन् । नेपाल भारतबीचको व्यापार सन्धीमा उनको ठूलो योगदान छ । नेपालमा भ्याट कार्यान्वयन गर्न पनि राम्रो भूमिका छ । साथीमात्र होइन दाइ भन्थेँ मैले  । मसँग आँशु झारेर बोलेको याद छ मलाई । म महासंघको अध्यक्ष हुँदा उनले आफू युरोपमा मरेर बाँचेको कुरा सेयर गरेका थिए ।

 

प्रतिकृया दिनुहोस
ad