देशबारे सोच्ने दिवाकर

देशबारे सोच्ने दिवाकर

व्यापार र एकाध उद्योगमा सीमित थियो गोल्छा अर्गनाइजेसन । गोल्छा अर्गनाइजेसनलाई अहिलेको अवस्था अथवा उद्योग विविधीकरणमा प्रवेश गराउनुमा दिवाकर गोल्छाको महत्वपूर्ण भूमिका छ । खरको छानाबाट टिनको छानामा नेपाललाई रुपान्तरण गर्न उनको ठूलो भूमिका छ । भलै उनले जस्तापाता पैसा लिएर बेचेका किन नहुन् । गत हप्ता दिवाकर गोल्छाको मृत्यु भयो । नेपालको औद्योगिक क्षेत्रले ठूलो क्षत्री वेहो¥यो । उनै दिवाकरका विषयमा हामीले उद्योगी तथा नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रदीपजङ्ग पाण्डेसँग कुरा गरेका छौं । 

प्रदीपजङ्गका अनुसार खरो स्वाभावका उद्योगी थिए दिवाकर । आफ्नो मनमा लागेको कुरा स्पष्ट राख्ने उनको स्वाभाव थियो । चाहे त्यो आफ्ना प्रतिस्पर्धी, साथी सर्कल हुन् अथवा सरकारसँग । झुक्दै नझुक्ने उनको बानी थियो । 

जति खरो स्वाभाव थियो दिवाकरको त्यति नै मिलनसार र भावनात्मक पनि थिए । साथीभाइसँग भेटघाट गरिरहन मन पराउँथे । भेटघाटका लागि अवसर जुटाइरहन्थे । प्रदीपजङ्ग सम्झिन्छन्, “ऊ (दिवाकर गोल्छा) हरेक दिपावलीको लक्ष्मीपूजाको अघिल्लो दिन साथीभाइ, उद्योगी तथा बैंकरहरुलाई बोलाउँथे र गेट टुगेदर गर्थे ।” 

नेपाल उद्योग वाणिज्य महासंघमा दिवाकर वरिष्ठ उपाध्यक्षसम्म भए । तर संघभित्रको आन्तरिक राजनीतिका कारण अध्यक्ष हुन सकेनन् । प्रदीपजङ्ग भन्छन्, “महासंघले एक पटक दिवाकरको नेतृत्व पाउनु पथ्र्यो । भिजन भएको दिवाकर जत्तिको मान्छे त्यति सजिलै पाइँदैन ।” 

मृत्युपश्चात् उद्योगीलाई सम्झिने आधार भनेको उसले सञ्चालन गरेका उद्योगधन्दाले राष्ट्रको आर्थिक उन्नति, समृद्धि र रोजगार सिर्जना गर्न पु¥याएको सहयोग हो । दिवारकरले यी क्षेत्रमा सम्झना लायक काम मात्रै गरेनन् करको क्षेत्रमा पनि प्रशंसनीय काम गरे, जुन राज्यको हितमा थियो । त्यसैले राज्यले सम्झनाको दस्तावेजमा दिवाकरको नाम अग्रपंक्तिमा राखिनुपर्नेमा प्रदीपजङ्ग पाण्डे जोड दिन्छन् । 

प्रदीपजङ्ग पाण्डे आफैं उद्योगी । उद्योग चलाउन कति कठिन हुन्छ त्यो थाहा छ उनलाई । तर दिवाकर यसमा खारिएका व्यक्ति थिए । दिवाकरको पालासम्म कमैले प्रत्यक्ष कृषि र कृषकसँग जोडिने उद्योगमा लगानी गरेका थिए । तर दिवाकरले गरे । सफल पनि भए ।

बजार अनुगमन गरेर काम सुरु गर्थे । मरेको जुट उद्योग ब्युँत्याउन उनको ठूलो योगदान छ । “कृषि उद्योगमा जानुपर्छ भन्ने दिवाकरको सोच थियोे । आधुनिक कृषि प्रणालीमा जानुपर्छ भन्ने त्यो सोच थियो । जुन हामी सबैमा हुनुपर्छ,” दिवाकरलाई सम्झिँदै उनको नयाँ सोचको कदर गर्छन् प्रदीपजङ्ग ।

“कामप्रति लगनशीलता र दृढता थियो । काम सफल नभएम्म लागिरहनु हुन्थ्यो । त्यस्तो दृढता सायद कमै व्यक्तिमा हुन्छ,” प्रदीपजङ्ग नोष्टाल्जिक हुन्छन्, “दूरदर्शी र भिजन भएको व्यक्ति भएकै कारण उहाँ सफल पनि हुनुभयो । गोल्छा अर्गनाइजेसन जस्तो ठूलो अर्गनाइजेसनको उपाध्यक्षसम्म हुनुभयो ।” 

दिवाकर कुनै एउटा उद्योग र व्यवसायीका पक्षमा बोल्दैन थिए । समग्र व्यवसायीका पक्षमा बोल्नु र अरुका विषयमा पनि चिन्ता गर्नु अनि जिम्मेवारी उठाउनु उनको विशेषता हो । त्यसैले गोल्छा अर्गनाइजेसन आजको अवस्थामा आइपुग्नु र आजको सम्मान तथा इज्जत पाउनुमा दिवाकरको ठूलो हात रहेको प्रदीपजङ्ग बताउँछन् । 

उनले जसरी आफ्नो कार्य र क्षेत्रमा सफलता हात पारे त्यसबाट उनी त सफल भए नै उनको कार्यशैली र सफलता आम व्यवसायीका लागि प्रेरणाको स्रोत भएको प्रदीपजङ्गको अनुभव छ । “समग्र देश र व्यवसायीको उत्थानका लागि दिवाकरजीको ठूलो योगदान छ । यसबाट हामीले पनि धेरै सिक्नुपर्छ ।” 

“आफ्नो मात्रै होइन । राष्ट्रको पनि हित चिताउने मान्छेबारे राज्यले दस्तावेज राख्छ भने त्यसमा दिवाकरको पनि नाम हुनुपर्छ,” प्रदीपजङ्ग अन्तिममाा भन्छन्, “म होइन हामी, मेरो होइन देशबारे सोच्नुपर्छ भनेर काम गर्ने व्यक्तिको राज्यले दस्तावेज राख्नुपर्छ ।” 
 

प्रतिकृया दिनुहोस
ad