site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कर्मचारी नियुक्तिको विज्ञापन संविधानसम्मत, संसदीय समितिको निर्देशन मान्‍न बाध्य छैनौंः लोकसेवा
Sarbottam CementSarbottam Cement

काठमाडौं । लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले आयोगले खुलाएको स्थानीय तहको कर्मचारी नियुुक्तिको विज्ञापन संविधानसम्मत भएको बताएका छन् । प्रवक्ता शर्माले सो विज्ञापन रद्द गर्न संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशन पालना गर्न आयोग बाध्य नहुने पनि स्पष्ट पारे । 

संविधानको परिधिभित्र रहेर सो सम्बन्धमा आफ्नो निर्णय आफैं गर्न आयोग स्वतन्त्र रहेको उनको भनाइ छ । बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा प्रवक्ता शर्माले सो विज्ञापनको सम्बन्धमा आयोगको पूर्ण बैठक बसेर आवश्यक निर्णय लिने पनि बताए । सो विज्ञापनका लागि फारम भरेका उम्मेदवार, सरकार, संसदीय समिति कसैलाई पनि अप्ठ्यारोमा पार्ने पक्षमा आयोग नरहेको उल्लेख गर्दै प्रवक्ता शर्माले लोकसेवा आयोगलाई विवादमा पार्ने काम कसैले गर्न नहुने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रवक्ता शर्माले राज्य व्यवस्था तथा सुशासन समितिले सो विज्ञापन रद्द गर्न दिएको निर्देशन छलफलको प्रक्रियामा रहेको र आयोगको पूर्ण बैठकले छिट्टै सो सम्बन्धमा आवश्यक निर्णय लिने पनि स्पष्ट पारे ।  संविधानले दिएको अधिकार प्रयोग गरेर आयोगले विज्ञापन खुलाउने गरिरहेको प्रवक्ता शर्माको प्रष्टीकरण छ । 

लोकसेवा आयोगका पूर्व कार्यवाहक अध्यक्ष टिकादत्त निरौलाले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदीय समितिले दिएको निर्देशनलाई प्रशासनिक ‘कू’ को संज्ञा दिए । “२०१७ साल तत्कालीन राजा महेन्द्रले राजनीतिक ‘कू’ गरेका थिए । अहिले संसदीय समितिले लोकसेवा आयोगको विज्ञापन रद्द गर्ने निर्णय गरेर प्रशासनिक ‘कू’ गरेको छ ।” निरौलाले लोकसेवा आयोगको मुख्य काम नै कर्मचारी छनौट गर्नु रहेको उल्लेख गर्दै त्यसलाई रोक्ने काम उचित नभएको तर्क गरे । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  १७:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC