site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको कालजयी स्वर सम्पूर्ण नेपाली जनताको ढुकढुकी बनेको बताएका छन् ।

नारायणगोपालको २६ औँ वार्षिक स्मृति दिवसका अवसरमा नेपाल कला संस्कृति विकास केन्द्र तथा भ्वाइस आर्ट एकेडेमीको संयुक्त तत्वावधानमा आयोजित कार्यक्रममा उनले ‘नारायणगोपालको स्वरलिपि’ पुस्तक विमोचन गर्दै सो कृतिले नारायणगोपालका गीतलाई अन्तर्राष्ट्रियकरण गर्न मद्दत मिल्ने विचार प्रकट गरे ।

Agni Group

उनले भने, “नारायणगोपालका अमर तथा अजर गीतले नेपाली साङ्गीतिक आकाशमा उहाँलाई कहिल्यै नझर्र्ने ताराका रुपमा प्रतिस्थापित गरेको छ । उहाँको सङ्गीतले नेपाली संस्कृति तथा सङ्गीतमा भइरहेको पाश्चात्य सङ्गीतको आक्रमण तथा प्रभावलाई निस्तेज पार्न महत्वपूर्ण योगदान गरेको छ ।

सो अवसरमा केन्द्रका अध्यक्ष नवराज लामाले एक वर्ष छ महिना लगाएर सो पुस्तक तयार पार्न सफल भएको बताउँदै कृति सङ्गीत सिक्न चाहने कलाकारका लागि उपयोगी हुने विचार प्रकट गरे । पुस्तकमा नारायणगोपालका २०  कालजयी गीतका नोटेसन छन् । 

Global Ime bank

कार्यक्रममा वरिष्ठ कलाकार सङ्गीता राणा प्रधान, सुनिता थेङगिम्ले, बानिका प्रधान, राजु सिंहलगायत कलाकारले गीत प्रस्तुत गरेका थिए ।

रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७३  १५:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC